शनिबार, असोज १०, २०८३

ललितपुर महानगरमा भवन निर्माणको नयाँ मापदण्ड

महानगरले बस्ती विकास सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण दोस्रो संशोधित मापदण्ड, २०७८ लाई संशोधन गर्दै नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको हो।
 |  मंगलबार, साउन १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १७, २०७९

काठमाडौं– ललितपुर महानगरले भवन निर्माणका लागि नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको छ। १५ साउनदेखि लागू गरेको नयाँ मापदण्डअनुसार अब १७ मिटर उचाइसम्म आवासीय तथा व्यापारिक भवनमा सन्धियारतर्फ भेन्टिलेसन नराख्ने भए टाँसिएको भवन निर्माण गर्न दिइने छैन।

२०७२ भूकम्पपछि ललितपुर महानगरले टाँसिएर घर बनाउन रोक लगाएको थियो। १७ मिटर कायम गरिएको भन्नाले ५ तले बुझ्नुपर्ने महानगरले जनाएको छ।

दुई तलासम्मको भूमिगत तल्ला निर्माण गर्न चारैतर्फ कम्तीमा २ मिटर र माटोको अवस्था हेरी जियोटेक्निकल इन्जिनियरले वरिपरिको सुरक्षाका लागि डिजाइन गर्ने प्रोटेक्सन सिस्टमलाई आवश्यक दूरी छाडेर मात्रै निर्माण स्वीकृत दिइनेछ।

महानगरमा ‘एफएआर’ (फार) मा छुट दिइँदै आइरहेको सबै तलाको भवनमा ‘एफएआर’मा गणना हुनेछ। तर सबैभन्दा माथिल्लो तल्लामा भर्‍याङ मात्र भए ‘एफएआर’ गणना हुने छैन।

बस्ती विकास सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण दोस्रो संशोधित मापदण्ड, २०७८ को संशोधन १६ जेठ २०७९ अनुसार नयाँ मापदण्ड कार्यान्वयनमा लगिएको महानगरको सहरी विकास तथा पूर्वाधार महाशाखाका इन्जिनियर बलराम महर्जनले बताए।

प्रकाशित: Aug 02, 2022| 15:19 मंगलबार, साउन १७, २०७९
प्रतिक्रिया दिनुहोस्