शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिताराम डेरीको बिक्री केन्द्र किर्तीपुरको नयाँबजारमा

सिताराम डेरीको बिक्री केन्द्र किर्तीपुरको नयाँबजारमा

सिताराम गोकुल मिल्क्स काठमाडौंले सिताराम दूध तथा दूधद्धारा उत्पादित दुग्धजन्य पदार्थहरुको बिक्री केन्द्र किर्तीपुरको नयाँबजारमा संचालनमा ल्याएको छ।
 |  मंगलबार, साउन १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १७, २०७९

काठमाडौं– सिताराम गोकुल मिल्क्स काठमाडौंले सिताराम दूध तथा दूधद्धारा उत्पादित दुग्धजन्य पदार्थहरुको बिक्री केन्द्र किर्तीपुरको नयाँबजारमा संचालनमा ल्याएको छ। कम्पनीले सोमबारबाट किर्तीपुरको नयाँबजारमा बिक्री केन्द्र संचालनमा ल्याएको हो।

बिक्री केन्द्रको उद्घाटन निर्देशक एवं कलाकार दिपाश्री निरौला, दिपकराज गिरी र हास्य कलाकार जीतु नेपालले संयुक्त रुपमा गरेका थिए। कम्पनीले नयाँ बिक्री केन्द्र खुलेको अवसरमा महिनाभरी ५ प्रतिशत छुटको व्यवस्था गरेको छ।

दूध तथा दुग्धजन्य पदार्थ उत्पादन र बिक्रीवितरणको २७ वर्ष पुगी २८ वर्ष प्रवेश गरेको अवसरमा यो सिताराम डेरीको चौथो तथा आफ्नै दोश्रो बिक्री केन्द्र रहेको अध्यक्ष सुमित केडियाले बताए। उनले चाँडै नै अन्य स्थानमा बिक्री केन्द्र खोल्ने र फ्रन्चाइज मोडलमा पनि जाने बताए ।

प्रकाशित: Aug 02, 2022| 14:18 मंगलबार, साउन १७, २०७९
प्रतिक्रिया दिनुहोस्