बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल लाइफ इन्स्योरेन्सको बिजनेस एक्सिलेन्स कन्फ्रेन्स सौराहामा

नेपाल लाइफ इन्स्योरेन्सको बिजनेस एक्सिलेन्स कन्फ्रेन्स सौराहामा

नेपाल लाइफ इन्स्योरेन्सले तीन दिवसीय बिजनेस एक्सिलेन्स कन्फ्रेन्स सौराहामा सम्पन्न गरेको छ।
 |  मंगलबार, साउन १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १७, २०७९
National life
Shivam cement

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्सले तीन दिवसीय बिजनेस एक्सिलेन्स कन्फ्रेन्स सौराहामा सम्पन्न गरेको छ। अ बाउन्स ब्याक इयर ७९–८० नारा रहेको उक्त सम्मेलन साउन १३ गते सुरू भएर १५ गते सम्पन्न भएको हो। 

उक्त सम्मेलनमा देशभरिबाट सेल्स तथा मार्केटिङमा कार्यरत २३० भन्दा बढी कर्मचारीहरूको सहभागिता रहेको थियो। सञ्चालक बिमल प्रसाद ढकालले पानसमा दीप प्रज्वलन गरी सम्मेलनको उद्घाटन गर्दै कर्मचारीहरूलाई आम नागरिकहरूको आशा र विश्वास जितेर काम गर्न सुझाव दिए।  

उक्त सम्मेलनमा मोटिभेसनल स्पीकरद्वारा क्षमता अभिवृद्धि एवम् सेल्स कौशलताका सम्बन्धमा प्रशिक्षण समेत गराइएको थियो। साथै, आर्थिक वर्ष २०७८–७९ मा उत्कृष्ट व्यवसाय गर्ने कर्मचारीहरू र शाखा एवम् उपशाखाहरूलाई विभिन्न २१ विधामा सम्मान तथा अवार्ड प्रदान गरेको कम्पनीले जानकारी दिएको छ। 

प्रकाशित: Aug 02, 2022| 14:14 मंगलबार, साउन १७, २०७९
प्रतिक्रिया दिनुहोस्