बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • जनार्दन फर्किएपछि प्रधानमन्त्री कार्यालय पठाइँदै अर्थसचिव

जनार्दन फर्किएपछि प्रधानमन्त्री कार्यालय पठाइँदै अर्थसचिव

‘दुई दिनपछि अवकास प्राप्त गर्न लागेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव लक्ष्मण अर्यालको स्थानमा मरासिनी सरुवा हुने भएका हुन्,’ स्रोतले भन्यो।
 |  सोमबार, साउन १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन १६, २०७९

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा गर्न बाध्य बनाएका अर्थसचिव मधुकुमार मरासिनी सरुवा हुने भएका छन्। मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पठाउने टुंगो भइसकेको अर्थ मन्त्रालय स्रोतको भनाइ छ। 

National life

जनार्दन शर्मा मन्त्रालय फर्किने सुइँको पाएका मरासिनीले मुख्यसचिवसँग बिदा स्वीकृत गराई पोखरा भ्रमणमा निस्किएका थिए। पोखराबाट फर्केपछि मरासिनी पनि अर्थ नगई सिधै प्रधानमन्त्री कार्यालयमा हाजिर हुने तयारीमा छन्। 

‘दुई दिनपछि अवकास प्राप्त गर्न लागेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव लक्ष्मण अर्यालको स्थानमा मरासिनी सरुवा हुने भएका हुन्,’ स्रोतले भन्यो।

संसदीय छानबिन समितिले अर्थमन्त्री शर्मालाई सफाइ दिने र आइतबार शर्मा नै अर्थमन्त्रीको रुपमा नियुक्ति हुने जानकारी पाएपछि अर्थसचिव मरासिनीले मुख्यसचिव शंकरदास बैरागीलाई जानकारी गराएर बिदामा बसे। जनार्दन शर्मासँग आफूले काम गर्न नसक्ने भएकाले उनले सरुवाका लागि पनि मुख्यसचिव तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराएका थिए। 

‘दुई दिनपछि अवकास प्राप्त गर्न लागेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव लक्ष्मण अर्यालको स्थानमा मरासिनी सरुवा हुने भएका हुन्,’ स्रोतले भन्यो।

विगत १ वर्षसम्म शर्माका हरेक गलत काममा साथ दिएका मरासिनीले मध्यरातमा अनाधिकृत व्यक्ति प्रवेश गराई करको दर हेरफेर गरेको प्रकरण बाहिरिएपछी उनले शर्मालाई अहसयोग गरेका थिए। 

Shivam cement

शर्मालाई राजीनामाका लागि बाध्य गराउन राजस्व सचिव कृष्णहरि पुष्कर अस्ट्रिय गएका बेला मरासिनी अनिश्चित समयका लागि बिदा बसेका थिए। मरासिनी बिदा बस्दा शर्माले आफ्नोविरुद्ध लागेका आरोपको सफाइका लागि पत्रकार सम्मेलनसमेत गर्न पाएका थिएनन्। मन्त्रालयका सिनियर सहसचिव केदारनाथ शर्मासमेत बिदामा रहेको बताएपछि शर्माले सफाईका लागि प्रतिनिधि सभाको बैठकलाई प्रयोग गरेका थिए। 

शर्माले राजीनामा दिएको भोलिपल्ट नै मरासिनी मन्त्रालय फर्किएका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाले नै अर्थ मन्त्रालयको जिम्मेवारी लिएपछि उनी नियमित कामकाजमा फर्किएका थिए। अर्थ सचिव राष्ट्र बैंकको सञ्चालक समितिको सदस्यसमेत रहने भएकाले उनले मौद्रिक नीति पारित गराउन भूमिका खेलेका थिए। 

प्रकाशित: Aug 01, 2022| 21:30 सोमबार, साउन १६, २०७९
प्रतिक्रिया दिनुहोस्