आइतबार, असोज १८, २०८३

विपन्नलाई विद्युत महसुलमा छुट दिने सरकारको नीति

सरकारले गरिब र विपन्नलाई विद्युत महसुलमा छुट दिने घोषणा गरेको छ।
 |  आइतबार, साउन २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन २४, २०७८

काठमाडौं- सरकारले गरिब र विपन्नलाई विद्युत महसुलमा छुट दिने घोषणा गरेको छ। सत्तारुढ गठबन्धनले तयार पारेको संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रममा गरिब र विपन्नका लागि विद्युत महसुल घटाउने र पहुँच बढाउने उल्लेख गरिएको छ। 

आन्तरिक खपतभन्दा अधिक रहेको विद्युत निर्यातका लागि छिमेकी मुलुकहरुसँग द्विपक्षीय र बहुपक्षीय संवाद अघि बढाउने र उच्च क्षमताको विद्युत प्रसारण लाइन जडान गर्ने न्यूनतम साझा कार्यक्रममा उल्लेख गरिएको छ। 

ऊर्जा विकासलाई अर्थतन्त्रको मुख्य आधार बनाउँदै आन्तरिक लगानीबाटै मझौला, ठुला तथा जलाशययुक्त जलविदुत आयोजना निर्माण गर्ने रर निर्यातमूलक आयोजनामा विदेशी लगानी आकर्षित गर्ने उल्लेख गरिएको छ। 

विद्युत उत्पादन र वितरण प्राणालीबीच तादात्म्यता कायम गर्ने गरी पूर्वाधार विकास गर्नेसमेत न्यूनतम साझा कार्यक्रममा उल्लेख छ।

प्रकाशित: Aug 08, 2021| 20:30 आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्