बुधबार, जेठ २७, २०८३

आर्थिक वृद्धिदर ४.१ प्रतिशतमै सीमित

आर्थिक वृद्धिको अघिल्लो लक्ष्यमा संशोधन गर्दै अर्थ मन्त्रालयले वृद्धिदर ४.१ प्रतिशतमा सीमित राखेको हो।
 |  सोमबार, साउन १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन १६, २०७९

काठमाडौं– सरकारले आर्थिक वर्ष २०७८/७९ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्रै पुग्ने बताएको छ। आर्थिक वृद्धिको अघिल्लो लक्ष्यमा संशोधन गर्दै अर्थ मन्त्रालयले वृद्धिदर ४.१ प्रतिशतमा सीमित राखेको हो।

National life

यसअघि वैशाखमा राष्ट्र बैंकको तथ्यांक विभागले आर्थिक वृद्धिदर ५.८४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको थियो। तर त्यसमा पनि संशोधन गर्दै वृद्धिदरमा १.७४ प्रतिशतको संकुचन हुने प्रक्षेपण मन्त्रालयले गरेको हो। 

गत आर्थिक वर्षको वृद्धिदरमा गरिएको पछिल्लो प्रक्षेपण दोस्रो संशोधन हो। पहिलो पटक सरकारले गत वर्षको बजेटमार्फत ७ प्रतिशतको वृद्धिदर हासिल गर्ने लक्ष्य निर्धारण गरेको थियो। सरकारले पछिल्लो पटक गरेको संशोधन नेपालका दातृ निकायले गरेको प्रक्षेपणकै बराबर छ।

विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, कृषि विकास बैंकजस्ता निकायले गत आर्थिक वर्ष औसतमा ४ प्रतिशतको वृद्धिदर रहने प्रक्षेपण गरेका थिए। 

केन्द्रीय तथ्यांक विभागले वैशाख १५ मा आर्थिक वृद्धिदरको प्रक्षेपण सार्वजनिक गर्दा बाँकी तीन महिना कोभिडको नकारात्मक असर नरहने र अवस्था सामान्य रहने अनुमानका आधारमा ५.८४ प्रतिशतको वृद्धिदर हुने जनाएको थियो। तर बढ्दो आयातका कारण विदेशी मुद्राको सञ्चितिमा दबाब बढ्नु, पर्याप्त तरलता अभाव हुनु, अन्तर्राष्ट्रिय मुद्रास्फीतिको प्रत्यक्ष प्रभाव नेपाली बजारमा समेत देखिँदा अर्थतन्त्र सामान्य रहन सकेन।

Shivam cement

पेट्रोलियममा भएको अधिक मूल्यवृद्धिका कारण आयातमा ठूलो रकम बाहिरिन थालेपछि सरकारले कतिपय वस्तु आयातमा प्रतिबन्ध लगाएर त्यसलाई चालू आवमा समेत निरन्तरता दिइरहेको छ।

प्रकाशित: Aug 01, 2022| 15:10 सोमबार, साउन १६, २०७९
प्रतिक्रिया दिनुहोस्