काठमाडौं- भारतले पेट्रोलियम पदार्थको भाउ घटाएर नयाँ मूल्यसूची नेपाललाई पठाएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)बाट सोमबार नेपाल आयल निमगलाई प्राप्त भएको मूल्यसूचीअनुसार डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको छ।
यसअघि जुलाई १६ मा आईओसीले पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटाएर पठाएको थियो। तर निगमले भने मूल्य समायोजन गरेको थिएन।
भारतले पठाएको मूल्य र नेपालमा बिक्री हुने मूल्य तुलना गर्दा निमगलाई पेट्रोलमा २ रुपैयाँ प्रतिलिटर नाफा छ। तर डिजलमा भने प्रतिलिटर १० रुपैयाँ घाटा हुने निगमको दाबी छ।