शनिबार, असोज १०, २०८३

सानिमा बैंकको 'नो डाटा, नो प्रोब्लम' योजना

सानिमा बैंकले ‘नो डाटा, नो प्रोब्लम’ योजना ल्याएको छ। यो योजना अन्तर्गत बैंकका ग्राहकलाई मोबाइल बैंकिङ सेवा प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा उपलब्ध गराउने भएको छ।
 |  सोमबार, साउन १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन १६, २०७९

काठमाडौं– सानिमा बैंकले ‘नो डाटा, नो प्रोब्लम’ योजना ल्याएको छ। यो योजना अन्तर्गत बैंकका ग्राहकलाई मोबाइल बैंकिङ सेवा प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा उपलब्ध गराउने भएको छ।

नेपाल टेलिकम वा एनसेल सिम प्रयोग गर्ने बैंकका ग्राहकहरुले सानिमा मोबाइल बैंकिङ एप प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा पाउने बैंकले जनाएको छ।

मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले एपमा रहेका सबै सेवाहरु जस्तै फन्ड ट्रान्सफर, बिल भुक्तानी, क्यूआर कोड भुक्तानी, मोबाइल टपअप प्रयोग गर्दा असीमित निःशुल्क इन्टरनेट डाटा प्रयोग गर्न पाउनेछन् । यो योजना १ अगष्ट, २०२२ देखि लागू भएको छ ।

सानिमा बैंकले डिजिटल बैंकिङको अधिकतम प्रयोग र नगद रहित कारोबारलाई प्रोत्साहन गर्न यो सेवा ल्याएको जनाएको छ। सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटीएम सञ्चालनमा रहेका छन् ।

प्रकाशित: Aug 01, 2022| 13:49 सोमबार, साउन १६, २०७९
प्रतिक्रिया दिनुहोस्