काठमाडौं– स्कोडा कुशाकले नेपालमा बिक्रीको एक वर्ष पूरा गरेको छ। एमएडब्लु स्कोडाले गत वर्ष साउनमा कुशाकलाई सार्वजनिक गरेको थियो।
स्कोडा नेपालले सार्वजनिक भएको १५ औं दिनमा ७५ वटा युनिक कुशाक डेलिभरी दिन सफल भएको थियो। त्यसयता गत आर्थिक वर्षभरि कुशाकप्रति ग्राहकको आकर्षण अनवरत रहेको कम्पनीको भनाइ छ। स्कोडाको ड्राइभिङ डाइनामिक्स, लुक्स, पर्फर्मेन्स, कम्फोर्ट र थ्रिलिंग टिएसआई इन्जिन उत्कृष्ट मानिन्छ।
कम्पनीले भनेको छ, ‘कुशाक सार्वजनिक भएयता नेपालमा स्कोडाको विक्री गत वर्षले भन्दा ५६० प्रतिशतले बढेको छ । एक वर्षमा चार सय युनिट विक्री भएको स्कोडा कुशाकको मार्केट शेयर आफ्नो सेग्मेन्टमा १८ प्रतिशत रहेको छ ।’
नेपालमा लन्च भएपछि कुशाकले स्कोडा ब्रान्ड परिचित गराउन सफल भएको स्कोडा एमएडब्लुका कार्यकारी निर्देशक रौनक अग्रवालले बताए । स्कोडा कुशाक एम्बिसन, एक्टिभ र स्टाइल गरी तीन ट्रिम अनि क्यान्डी ह्वाइट, ब्रिलियन्ट सिल्भर, कार्बन स्टिल, हनि ओरेन्ज र टर्नेडो रेड गरी पाँच कलरमा उपलब्ध छ । नेपालमा स्कोडाको मूल्य ४९ लाख ९० हजार देखि ७१ लाख ९० हजार रुपैयाँसम्म रहेको छ ।