बुधबार, जेठ २७, २०८३

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ५१ पैसा र बिक्री दर १२७ रुपैयाँ ११ पैसा कायम गरेको छ।
 |  सोमबार, साउन १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन १६, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ५१ पैसा र बिक्री दर १२७ रुपैयाँ ११ पैसा कायम गरेको छ। 

National life

युरो एकको खरिद दर १२९ रुपैयाँ २९ पैसा र बिक्री दर १२९ रुपैयाँ ९१ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५३ रुपैयाँ ९३ पैसा र बिक्री दर १५४ रुपैयाँ ६६ पैसा छ। 

यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ३८ पैसा र बिक्री दर ८८ रुपैयाँ ८० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्री दर ९९ रुपैयाँ ३५ पैसा छ। 

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ५० पैसा र बिक्री दर ९ रुपैयाँ ५४ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७६ पैसा र बिक्री दर १८ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Shivam cement

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ६८ पैसा र बिक्री दर ३३ रुपैयाँ ८४ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ३७ पैसा र बिक्री दर ३४ रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५६ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७१ पैसा र बिक्री दर ९ रुपैयाँ ७५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।  - यस्तो छ आजको विनिमय दर

प्रकाशित: Aug 01, 2022| 06:25 सोमबार, साउन १६, २०७९
प्रतिक्रिया दिनुहोस्