शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • प्रभु र सेन्चुरी बैंकबीच मर्जर सम्झौतामा हस्ताक्षर, स्वाप रेसियो १:१

प्रभु र सेन्चुरी बैंकबीच मर्जर सम्झौतामा हस्ताक्षर, स्वाप रेसियो १:१

होटल मोरियटमा भएको सम्झौतापत्रमा प्रभु बैंकले सेञ्चुरी बैंकलाई १:१ अनुपातको प्राप्त गर्ने उल्लेख छ। मर्जपछि बन्ने बैंकमा ४ जना प्रभु बैंकबाट र तीन जना सेञ्चुरी बैंकबाट हुने उल्लेख छ।
 |  आइतबार, साउन १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १५, २०७९

काठमाडौं- प्रभु बैंकले र सेञ्चुरी बैंकलाई प्राप्ती गर्ने भएको छ। दुवै बैंकका सञ्चालकहरूले आइतबार मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। 

होटल मोरियटमा भएको सम्झौतापत्रमा प्रभु बैंकले सेञ्चुरी बैंकलाई १:१ अनुपातको प्राप्त गर्ने उल्लेख छ। मर्जपछि बन्ने बैंकमा ४ जना प्रभु बैंकबाट र तीन जना सेञ्चुरी बैंकबाट हुने उल्लेख छ। 

प्रमुख कार्यकारीमा प्रभु बैंकबाट अशोक शेरचनले निरन्तरता पाउनेछन्। 

सेञ्चुरीको चुक्ता पुँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। प्रभुको चुक्ता पुँजी १२ अर्ब ७० करोड रुपैयाँ रहेको छ। मर्जपछि बन्ने प्रभु बैंकको चुक्ता पुँजी २२ अर्ब पुग्नेछ। 

प्रभुसँग प्राप्ती सम्झौता गर्नुअघि सेञ्चुरीले करिब दुई सातासम्म माछापुच्छ्रे बैँकसँग पनि मर्जरका लागि छलफल गरेको थियो। तर स्वाप रेसियोमा कुरा मिलेको थिएन।

प्रकाशित: Jul 31, 2022| 21:44 आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्