शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मन्त्रालयको कार्यभार सम्हाल्दै जनार्दनले भने- अर्थ व्यवस्था सुदृढ गरेर लैजान्छु

मन्त्रालयको कार्यभार सम्हाल्दै जनार्दनले भने- अर्थ व्यवस्था सुदृढ गरेर लैजान्छु

सबलीकरणका लागि आयात प्रतिस्थापन, निर्यात वृद्धि तथा विदेशी मुद्राको सञ्चिति बढाउने दिशामा लैजाने हाम्रो विश्वास रहेको छ,' उनले भने।
 |  आइतबार, साउन १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १५, २०७९

काठमाडौं- जनार्दन शर्माले विवादमा परेर राजीनामा दिएको २५ दिनपछि पुनः अर्थ मन्त्रालयको कार्यभार सम्हालेका छन्। संसदीय छानबिन विशेष समितिले सफाइ दिएपछि शर्मा पुनः अर्थ मन्त्रालयको जिम्मेवारीमा फर्किएका हुन्। 

National life

शर्माले पदभार ग्रहण पश्चात बोल्दै विश्व अर्थतन्त्रमा समस्या देखिएकोले मुलुकको अर्थतन्त्र सबलीकरण गर्ने आवश्यकता रहेको बताए। आत्मनिर्भर र उत्पादनमुखी बजेट ल्याएकाले बजेट कार्यान्वयन गरेर अर्थतन्त्र सवलिकरणका लागि आफू लागि पर्ने प्रतिवद्धता जनाएका थिए। मन्त्री शर्माले गत आवको बजेट कार्यान्वयनमा भएका कमीकमजोरीलार्ई समीक्षा गर्दै चालु आवको बजेट कार्यान्वयन गरिने समेत बताए। 

'विश्व आर्थिक अवस्था विभिन्न युद्धका कारण अर्थतन्त्रमा समस्या रहेको छ। यस्तो अवस्थामा हाम्रो देशको अर्थतन्त्रलाई सबलीकरण गर्नुपर्ने आवश्यकता छ। सबलीकरणका लागि आयात प्रतिस्थापन, निर्यात वृद्धि तथा विदेशी मुद्राको सञ्चिति बढाउने दिशामा लैजाने हाम्रो विश्वास रहेको छ,' उनले भने, 'त्यसलाई कार्यान्वयन गरेर नेपालको अर्थ व्यवस्थालाई सुदृढ गरेर  लैजाने र आत्मनिर्भरको दिशातिर लैजाने प्रतिवद्धता जनाउन चाहन्छु। जाने दोस्रो कुरा मैलाई बजेट कार्यान्वय गर्ने जिम्मेवारी दिनुभएको छ। हामीले करिब एक वर्ष जसरी सहकार्यको आधारमा काम अगाडि बढाएका थियौँ। अबका दिनमा पनि यहाँहरुसँग सहकार्य गर्ने काम गर्नेछौं। गत वर्षको बजेट कार्यान्वयनको सन्दर्भमा कहाँकहाँ  कमीकमजोरी भए त्यसलाई समीक्षा गरेर चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गर्नेछौं।’

मन्त्री शर्माले बजेट कार्यान्वयनका लागि कर्मचारी सबैले सहयोग गर्नेमा आफू विश्वस्त रहेको समेत बताए। मन्त्री शर्मामाथि १४ जेठ २०७९ मा बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई मन्त्रालय लगेर करका दर हेरफेर गरेको आरोप लागेको थियो। त्यसबारे छानबिन गर्न समिति बनेकै दिन २२ असारमा शर्माले पदबाट राजीनामा दिएका थिए। 

प्रकाशित: Jul 31, 2022| 19:29 आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्