शनिबार, असोज १०, २०८३

अलैंचीको प्रवर्द्धनका लागि 'वाह ! अलैंची' अभियान

नेपाल अलैंची व्यवसायी महासंघले कृषि मन्त्रालय, प्रदेश नं १ र स्वीस सरकार विकास सहयोग (एसडिसी)को सहयोग र होटल एसोसिएसन अफ नेपालसँगको सहकार्यमा 'वाह ! अलैंची' अभियान सुरू गरेको छ।
 |  आइतबार, साउन १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १५, २०७९

काठमाडौं– नेपाल अलैंची व्यवसायी महासंघले कृषि मन्त्रालय, प्रदेश नं १ र स्वीस सरकार विकास सहयोग (एसडिसी)को सहयोग र होटल एसोसिएसन अफ नेपालसँगको सहकार्यमा 'वाह ! अलैंची' अभियान सुरू गरेको छ।

यो अभियान घरेलु तथा व्यावसायिक उपभोक्तामा नेपाली अलैंचीको प्रयोग र उपभोगमा सचेतना अभिवृद्धि गर्न केन्द्रीत छ। सो अभियानले नेपाली अलैंचीको परम्परागत मूल्य र नेपाली परिकारमा यसको प्रयोगलाई महत्वपूर्ण सामग्रीका रूपमा बढाउने मात्र नभई आर्थिक गतिविधिहरू समेत बढाउने विश्वास राखिएको छ। 

बेलायतको रियालिटी कुकरी टिभी शृंखला बिबिसी मास्टरसेफः द प्रोफेसनल्स रिम्याचका विजेता सेफ सन्तोष शाह ुवाह१ अलैंचीु अभियानको ब्रान्ड एम्बेसेडर हुन्। उनले नेपाली अलैंचीलाई घरेलु बजारमा प्रबर्द्धन गर्न विशेष परिकार रेसिपीहरू पनि तयार गर्ने बताइएको छ।

साथै, यो अभियानले युवा आकांक्षी प्रशिक्षार्थीहरू र सेफहरूलाई आफ्नो पाक कलामा अभिवृद्धि गर्न र नेपाली अलैंचीलाई नयाँ तरिकाले प्रयोग गर्न मञ्च पनि प्रदान गर्नेछ। नेपालमा विश्व बजारको ६ हजार छ सय मेट्रिक टन अलैंची उत्पादन हुन्छ, जुन पूर्वको पहाडी जिल्लाहरूको कृषकहरूको आम्दानीको मुख्य स्रोत पनि हो। तर, नेपाली अलैंचीको प्रयोग घरेलु बजारमा बढेको छैन। बरू भारत लगायत अन्य मुलुकबाट शतप्रतिशत आयात हुने सुकमेलले प्रतिस्थापन गरिरहेको छ।

सन् २०२१ मा सुकमेलको आयात ५६४ मेट्रिक टन थियो भने नेपाली ठूलो अलैंचीको आन्तरिक बजारमा खपत १०० टनभन्दा कम थियो। त्यसैगरी, नेपाली उपभोक्ताले एक सय ग्रामको एक सय रुपैयाँदेखि एक सय ५० रुपैयाँसम्ममा खुद्रा बिक्री हुने नेपाली अलैंचीको मूल्यको तुलनामा अहिले एक सय ग्रामको सुकमेलको मूल्य चार सय रुपैयाँदेखि पाँच सय रुपैयाँ भन्दा बढी तोकिएको छ।

प्रकाशित: Jul 31, 2022| 18:28 आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्