शुक्रबार, असार ५, २०८३

ऋण नपाउँदा थलियो पुष्प व्यवसाय

कोरोना महामारीको पहिलो, दोस्रो र तेस्रो चरणसम्म आइपुग्दा मेला, महोत्सव ठप्प भएपछि कारोबार नहुँदा थला पर्दै आएको पुष्प व्यवसाय अझै लयमा फर्किन नसकेको हो।
 |  शनिबार, साउन १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन १४, २०७९

काठमाडौं– बैंकबाट सहज ऋण प्रवाह हुन नसक्दा पुष्प व्यवसाय विस्तारमा समस्या भएको छ। लामो समय कोरोना महामारीको सामना गरी विस्तारै लय लिन लागेको पुष्प व्यवसाय विस्तारका लागि वातावरण नबन्दा व्यवसायी मारमा परेका हुन्।

National life

लामो समयदेखि कलंकीमा नर्सरी सञ्चालन गर्दै आएका श्याम उप्रेतीले व्यवसाय जेनतेन धाने पनि आर्थिक समस्याका कारण विस्तार गर्न नसकेको बताए। कोरोना महामारीअघि बैंकले सहज रूपमा ऋण उपलब्ध गराउँदै आए पनि अहिले विभिन्न बहानामा नपाउँदा लगानी बढाउन नसकेको उनको गुनासो छ। सामान्यतया नर्सरी सञ्चालनका लागि ५० लाखदेखि १ करोडसम्म लगानी गर्नुपर्ने व्यवसायी बताउँछन्। लगानी बढाउन नपाएकै कारण पछिल्लो समय फूल उत्पादनमा कमी आएको छ।

कोरोना महामारीको पहिलो, दोस्रो र तेस्रो चरणसम्म आइपुग्दा पुष्प व्यवसायीले कठिन अवस्थाको सामना गर्नुपरेको थियो। खुसी र विभिन्न उत्सवमा बढी प्रयोग हुने फूल कोरोना महामारीका कारण त्यस्ता गतिविधि ठप्प भएपछि यसको कारोबार पनि नगन्य भएको थियो। 

पुष्प व्यवसायीका अनुसार फूलको व्यापार आशाअनुरूप हुन सकेको छैन। कोरोना महामारीको समयभन्दा अहिले केही गतिविधि बढे पनि विगतझैं लय लिन अझै नसकेको फ्लोरीकल्चर एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताए। व्यवसाय विस्तार गर्न नसक्दा कारोबार कम भएको छ।

गत आर्थिक वर्षमा ३ अर्बको कारोबार गर्ने लक्ष्य लिएको यस व्यवसायमा २ अर्ब बराबर मात्र कारोबार भएको अनुमान छ। हाल खपत हुने फूलमध्ये ९१ प्रतिशत नेपालमै उत्पादन हुन्छन् भने अझै ९ प्रतिशत फूल विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको अध्यक्ष तामाङले जानकारी दिए।

Shivam cement

पछिल्ला वर्षमा सयपत्री फूलमा पनि देश आत्मनिर्भर हुँदै गएको छ। मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरीमध्ये केही सयपत्री फूलको माला मात्रै भारतबाट ल्याउने गरिएको छ। अन्य समयमा प्रयोग हुने फूलमा भने देश आत्मनिर्भर भइसकेको छ।

कात्तिकदेखि फागुनसम्म विभिन्न चाडवाड र विवाहको समय भएकाले फूल बढी प्रयोग हुने गर्दछ। फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्प खेती विस्तार भइसकेको छ। नेपालमा हाल करिब ५०० प्रजातिका फूल रहे पनि व्यावसायिक रूपमा ४५० प्रजातिका फूलको मात्र उत्पादन र बिक्रीवितरण हुँदै आएको छ। नेपालमा झन्डै १५७ हेक्टरमा १ हजार व्यवसायीले पुष्प खेती गर्दै आएका छन्।–रासस

प्रकाशित: Jul 30, 2022| 15:54 शनिबार, साउन १४, २०७९
प्रतिक्रिया दिनुहोस्