शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अन्तर्राष्ट्रिय व्यापार सहज बनाउन लजिस्टिक नीति अन्तिम चरणमा छ : मन्त्री बडू

अन्तर्राष्ट्रिय व्यापार सहज बनाउन लजिस्टिक नीति अन्तिम चरणमा छ : मन्त्री बडू

शुक्रबार २८औं कार्गो दिवसका अवसरमा नेपाल फ्रेट फरवार्ड एसोसिएसन (नेफा) ले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बडूले भने, ‘नेपालको लजिस्टिक नीतिको मस्यौदा मन्त्रिपरिषद्‍मा पुगेको छ। यसलाई स्वीकृत गर्ने अन्तिम तयारी भइरहेको छ।’
 |  शुक्रबार, साउन १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १३, २०७९

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले अन्तर्राष्ट्रिय व्यापार सहजीकरणको प्रयास भइरहेको बताएका छन्। नेपालको लजिस्टिक नीति अन्तिम चरणमा पुगेको र मल्टिमोडल ट्रान्सफर ऐनलाई पनि समयसापेक्ष संशोधन गर्ने तयारी भइरहेको जानकारी दिएका हुन्। 

National life

शुक्रबार २८औं कार्गो दिवसका अवसरमा नेपाल फ्रेट फरवार्ड एसोसिएसन (नेफा) ले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बडूले भने, ‘नेपालको लजिस्टिक नीतिको मस्यौदा मन्त्रिपरिषद्‍मा पुगेको छ। यसलाई स्वीकृत गर्ने अन्तिम तयारी भइरहेको छ।’

नेपाल उद्योग वाणिज्य महासंघको भिजन पेपर,२०३० ले औंल्याएका केही विषय मन्त्रालयले आगामी हप्ता सम्झौता गर्ने गरी तयारी गरिरहेको पनि उनले जानकारी दिए। नेपाल फ्रेट फरवार्ड एशोसिएसन (नेफा) ले उठाउँदै आएको भारतको बन्दरगाहदेखि वीरगञ्ज सुख्खा बन्दरगाहसम्मको रेल्वे सेवामा निजी क्षेत्रका रेल्वे सेवाप्रदायकलाई अनुमति दिनुपर्ने माग सरकारले सम्बोधन गरेको र यसबाट कार्गो व्यवसायीले लाभ लिएको पनि उनले उल्लेख गरे। 

कार्यक्रममा उद्योग मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले सरकारले छिट्टै लजिस्टिक नीति कार्यान्वयनमा ल्याउने उल्लेख गरे। सचिव पोखरेलले चालु आर्थिक वर्षमा उत्पादन बढाएर निर्यात गर्नको लागि चालु आर्थिक वर्षमा सरकारले प्रधानमन्त्री नेपाली उत्पादन अभिवृद्धि र फार्म टु फ्याक्ट्री कार्यक्रम ल्याएको उल्लेख गरेका थिए। 

नेपालमा कृषि र वनजन्य उत्पादनहरुलाई एक चरण प्रशोधन गरेर निर्यात गरौं भन्ने अभियानका हिसाबले फार्म टु फ्याक्ट्री कार्यक्रम ल्याएको पोखरेललको जिकिर थियो। सचिव पोखरेलले तयार भएका पूर्वाधारको पूर्ण रुपमा प्रयोग गर्न आग्रह गरेका थिए। 

Shivam cement

प्रकाशित: Jul 29, 2022| 20:26 शुक्रबार, साउन १३, २०७९
प्रतिक्रिया दिनुहोस्