शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कारोबार बन्द भएको कम्पनीको कारोबार खुलेर सर्किट लागेपछि...

कारोबार बन्द भएको कम्पनीको कारोबार खुलेर सर्किट लागेपछि...

मर्जरको प्रकृयामा रहेको रिलायन्स लाइफ इन्स्योरेन्सको पनि शुक्रबार कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को लापरबाहीका कारण यस्तो भएको हो।
 |  शुक्रबार, साउन १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १३, २०७९

काठमाडौं– मर्जरको प्रकृयामा रहेको रिलायन्स लाइफ इन्स्योरेन्सको पनि शुक्रबार कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को लापरबाहीका कारण यस्तो भएको हो।

रिलायन्स र सानिमा लाइफ मर्जरमा जाने सम्झौता भएपछि गत असार २९ गतेदेखि कम्पनीको कारोबार रोक्का भएको थियो। तर एकाएक शुक्रबार नेप्सेमा कम्पनीको कारोबार भएको देखेपछि लगानीकर्ताहरुले हंगामा गरेका थिए। कम्पनीको कारोबार खुलेपछि लगानीकर्ताहरु सो कम्पनीको सेयर किन्न आकर्षित भएकोले सकारात्मक सर्किट लागेको थियो। जसका कारण लगानीकर्ताहरुले नेप्सेको कारोबार प्रणालीमाथि नै प्रश्न उठाएका छन्। 

टिएमएसमा देखिए अनुसार कारोबार रोक्का रहेको कम्पनीको करिब ६१० कित्ता सेयर किनबेच भएको छ। नेप्सेका प्रवक्ता मुरारी पराजुलीले कारोबार बन्द भएको कम्पनीको सेयर कारोबार भएपछि के भएको भन्ने विषयमा अनुसन्धान गर्ने जानकारी दिए। 

कारोबार रोक्का रहेको रिलायन्स लाइफ इन्स्योरेन्सको कारोबार हुन गएको देखिएकोले उक्त सम्बन्धमा के कसो भएको हो भन्ने विषयमा नेप्सेले उक्त कम्पनीको कारोबार तत्काल बन्द गरी अनुसन्धान बढाएको जनाएको छ। शुक्रबार भएको रिलायन्स इन्योरेन्सको कारोबार नेप्सेले रद्द गर्ने तयारी गरिरहेको पनि जानकारी दिएको छ। 


प्रकाशित: Jul 29, 2022| 16:41 शुक्रबार, साउन १३, २०७९
प्रतिक्रिया दिनुहोस्