काठमाडौं– प्यारासुट नेचुरल स्याम्पुले नेपाली महिलाहरूलाई लक्षित गरी आफ्नो 'संगीको साथ साउन' नामक एक महिने क्याम्पेन सुरु गरेको छ। उक्त क्याम्पेनमार्फत ब्राण्डले बृहत् सेवाग्राहीहरूसँगको आफ्नो सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्य लिएको छ।
'संगीको साथ साउन' विशेषगरी प्रकृति, हेना, हरियो पहिरनजस्ता साउने संक्रान्तिका विषयवस्तुहरूमा आधारित महिला मित्रहरूमा केन्द्रित अभियान हो। प्यारासुट स्याम्पु शतप्रतिशत प्राकृतिक सामग्रीहरू रातो हेबिस्कस, हेना, एलोभेरा र नरिवल मिल्क प्रोटिन आदिबाट तयार गरिने हुनाले पनि साउन महिनामा यो क्याम्पेन अझ सान्दर्भिक रहेको कम्पनीले जनाएको छ।
प्यारासुट स्याम्पु प्राकृतिक विशेषताहरूले गर्दा कुनै पनि विशेष अवसरमा आफ्ना महिला साथीहरूलाई दिनका लागि उचित उपहार बन्न सक्छ भन्ने कुरालाई यो अभियानले अझ प्रस्ट्याएको छ। क्याम्पेनमा आकर्षणका थप पाटोहरू थप्न ब्राण्डले प्रत्येक सोमबार रोचक इन्गेजमेन्ट पोस्टहरूको पनि आयोजना गर्नेछ। जसमा दर्शकहरूलाई आकर्षक उपहार र गिभअवेहरू दिइनेछन्। प्यारासुट नेचुरलले अभियान भरि नै यस प्रकारको रमाइलो गतिविधिहरू आयोजना गरिरहनेछ।