शनिबार, असोज १०, २०८३

फोटोन चीनको ५०० मूल्यवान् ब्रान्डमा सूचीकृत

भर्खरै सम्पन्न १५ औँ विश्व ब्रान्ड शिखर सम्मेलन २०२२ ले फोटोनलाई चीनको मूल्यवान् ब्रान्डको रूपमा सूचित गरेको छ।
 |  शुक्रबार, साउन १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १३, २०७९

काठमाडौं– भर्खरै सम्पन्न १५ औँ विश्व ब्रान्ड शिखर सम्मेलन २०२२ ले फोटोनलाई चीनको मूल्यवान् ब्रान्डको रूपमा सूचित गरेको छ। विगत १७ वर्षदेखि फोटोन चीनको नम्बर एक कमर्सियल भेहिकल कम्पनी हो। फोटोनका पिकअप र ट्रक मोडेलहरू– टुनल्याण्ड, औमार्क, औहक, औलिन बजारमा अत्यधिक रुचाइएका छन्।

पछिल्लो ६ महिनामा १०,०००,००० औं इकाईको आँकडा पार गरेको केही समय आगाडि मात्र फोटोनले जनाएको थियो। विश्वव्यापी बजारमा आफ्नो समग्र प्रतिस्पर्धात्मकता बढाउनको लागि फोटोनले धेरै व्यवहारिक कदमहरू चालेको छ। यसको शक्तिशाली इन्जिनलाई सहजतासहितको विश्वव्यापी पहुँच कार्यान्वयन गर्ने, नयाँ मोडेलहरूलाई कमर्सियल बनाउने र साथै यसका सवारी साधनहरुमा एप्लिकेसनका आधारमा विकास गरी बजारमा पुर्‍याएको छ।

नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले पिकअप टुनल्यान्ड ई, पिकअप टुनल्यान्ड एस, १९–सिट क्षमताको भ्यान भ्यु सीएस २ एल र १६–सिट क्षमताको भ्यान भ्यु सीएस २ विभिन्न प्रकारका एम्बुलेन्स बेच्दै आएको छ।

साथै निकट भविष्यमा ईभी कमर्सियल भित्र्याउने कम्पनीले जनाएको छ।


प्रकाशित: Jul 29, 2022| 15:26 शुक्रबार, साउन १३, २०७९
प्रतिक्रिया दिनुहोस्