काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि र्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ३२ पैसा र बिक्री दर १२७ रुपैयाँ ९२ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १२९ रुपैयाँ २७ पैसा र बिक्री दर १२९ रुपैयाँ ८८ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५४ रुपैयाँ ४७ पैसा र बिक्री दर १५५ रुपैयाँ २ पैसा छ।
यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ ६ पैसा र बिक्री दर १३३ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ र बिक्री दर ८९ रुपैयाँ ४२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्री दर ९९ रुपैयाँ ८५ पैसा छ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ ४ पैसा र बिक्री दर ९ रुपैयाँ ४४ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८७ पैसा र बिक्री दर १८ रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ९ पैसा र बिक्री दर ३४ रुपैयाँ ०६ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ७६ पैसा र बिक्री दर ३४ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७३ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७७ पैसा र बिक्री दर ९ रुपैयाँ ८२ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। - यस्तो छ आजको विनिमय दर