शनिबार, असोज १०, २०८३

जनरल इन्स्योरेन्स र लुम्बिनी हस्पिटलबीच सम्झौता

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज प्रालि बुटवलबिच नगदरहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
 |  बिहीबार, साउन १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १२, २०७९

काठमाडौं– जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज प्रालि बुटवलबिच नगदरहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज प्रा।लिको तर्फबाट प्रबन्धक निर्देशक भिमप्रसाद तुलाचनले हस्ताक्षर गरे।

यस सम्झौता पश्चात जनरल इन्स्योरेन्स कम्पनी नेपाल बाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमा सम्म लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज प्रा।लिबाट नगदरहित हस्पिटलाईजेशन सुविधा प्राप्त गर्ने छन्।

प्रकाशित: Jul 28, 2022| 12:18 बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्