शनिबार, असोज १०, २०८३

'नेपालमा टाटा नेक्सन ईभीको पहिलो वर्ष सफल'

– सिप्रदी ट्रेडिङले टाटा नेक्सन ईभीको नेपाली बजारमा विक्री प्रारम्भ भएको प्रथम वर्ष सफलतापूर्वक पूरा गरेको जनाएको छ। यस ईभीको उत्पादन भारतको अग्रणी विद्युतीय गाडी निर्माता टाटा मोटसंद्वारा गरिएको हो।
 |  बिहीबार, साउन १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १२, २०७९

काठमाडौं– सिप्रदी ट्रेडिङले टाटा नेक्सन ईभीको नेपाली बजारमा विक्री प्रारम्भ भएको प्रथम वर्ष सफलतापूर्वक पूरा गरेको जनाएको  छ। यस ईभीको उत्पादन भारतको अग्रणी विद्युतीय गाडी निर्माता टाटा मोटसंद्वारा गरिएको हो।

नेपालमा विद्युतीय गाडीको अवलम्बनलाई नयाँ गति दिने उद्देश्यले सिप्रदीले नेक्सन इभी नेपालमा ल्याएको थियो। एक वर्षको छोटो अवधिमै यसले आफूलाई एक अत्यन्त लोकप्रिय विद्युतीय गाडीको रुपमा स्थापित गरेको कम्पनीले बताएको छ। मुलुकको विद्युतीय गाडीको कुल बजारको बढी अंश नेक्सन इभी एक्लैले ओगटेको छ।

यो उल्लेखनीय सफलताको प्रमुख कारण आकर्षक बनावट, समुन्नत जिपट्रन प्रविधि, न्यून संचालन खर्च, उत्कृष्ट कार्य क्षमता आदि रहेको कम्पनीको भनाइ छ। यसैगरी द्रुत चार्जिङ क्षमता, लामो ब्याट्री आयु र समुच्च सुरक्षाका विशेषताहरुबाट यो सुसज्जित छ। ‘फास्ट चार्जिङ’ र ‘स्लो चार्जिङ’ दुवैको लागि चर्जिङ स्टेसनको वृहत संजाल एवं अत्याधुनिक सुविधा सम्पन्न सेवा केन्द्रले गर्दा पनि नेक्सन इभीले आफूलाई सर्वोत्कृष्ट साबित गर्न सक्षम भएको कम्पनीको दाबी छ।

यो गाडीलाई नेपालकै पहिलो एवं स्मार्ट इभी चार्जिङ एप  इजी एपमार्फत चार्ज गर्न सकिछ। यो एपको प्रयोग हाल १ हजार भन्दा बढी परिवारहरूले गरिरहेका छन्। दक्ष कर्मचारी एवं भौतिक संशाधनहरुको प्रभावकारी परिचालन गरी सिप्रदीले नेक्सन इभीका हरेक ग्राहकहरुले घरमा चार्जर जडान गर्ने प्रक्रिया पनि संचालन गरिरहेको बताएको छ। कम्पनीको १६ डिसी फास्ट चार्जरको सबैभन्दा व्यापक संजाल रहेको छ। यस्तै, यसले हालसम्म होटेल, अस्पताल, बैंक, मल र रेस्टुरेन्ट जस्ता सार्वजनिक स्थानहरुमा १२० भन्दा बढी एसी चार्जरहरु जडान गरेको छ।

नेक्सन इभीको नेपालमा विक्री भएको प्रथम वर्ष पूरा भएको अवसरमा कम्पनीले  यसका ग्राहकलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने भएको छ।

प्रकाशित: Jul 28, 2022| 12:14 बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्