शुक्रबार, असार ५, २०८३

रेड्मी बडस् ३ लाइट नेपाली बजारमा सार्वजनिक

शाओमीले रेड्मी बडस् ३ लाइट नेपाली बजारमा सार्वजनिक गरेको छ। ३५ ग्रामभन्दा कम तौल रहेको यस बडस् प्लस एसेसरिज श्रेणीको सबैभन्दा नयाँ उपकरण रहेको कम्पनीले बताएको छ ।
 |  बिहीबार, साउन १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १२, २०७९

काठमाडौं– शाओमीले रेड्मी बडस् ३ लाइट नेपाली बजारमा सार्वजनिक गरेको छ। ३५ ग्रामभन्दा कम तौल रहेको यस बडस् प्लस एसेसरिज श्रेणीको सबैभन्दा नयाँ उपकरण रहेको कम्पनीले बताएको छ । 

National life

यस बड्समा प्रभावशाली सुविधाहरू साथै सुलभ मूल्य, एर्गोनोमिक डिजाइन, १८ घण्टासम्मको ब्याट्री लाइफ र अन्य धेरै सुविधाहरू रहेको र यसले प्रयोगकर्ताहरूलाई क्वालिटी साउन्ड प्रदान गर्ने कम्पनीको दाबी छ।

राम्रो र स्पष्ट इन–कल अडियो अनुभवको लागि उक्त बडस् ब्लुटुथ ५।२ को साथ निर्माण भएको र यसले सिमलेस इन–कल अडियो अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ।

उक्त बडस् आइपीको धुलो र पानी प्रतिरोधी डिजाइन र अविश्वसनीय पर्फमेन्सको साथ उपलब्ध रहेकोले जिम वा दैनिक यात्रा गर्दा सहज हुने बताइएको छ। कालो रङमा उपलब्ध यस बडस्को मूल्य ३ हजार ३९९ रुपैयाँ तोकिएको छ। 

यो बडस् बुधबारदेखि देशभरका सबै आधिकारिक एमआई स्टोरहरूमा उपलब्ध हुने कम्पनीले बताएको छ।

Shivam cement

प्रकाशित: Jul 28, 2022| 12:05 बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्