शुक्रबार, असार ५, २०८३

भारतसँग ९ लाख मेट्रिक टन मल खरिद सम्झौता

सम्झौताअनुसार नेपालले सन् २०२५/२६ भित्र ४ लाख ५७ हजार मेट्रिक टन युरिया र ३ लाख ७० हजार मेट्रिक टन डिएपी खरिद गर्नेछ।
 |  बिहीबार, साउन १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १२, २०७९

काठमाडौं– सरकारले भारतसँग पाँच वर्षसम्म ९ लाख मेट्रिक टन रासायनिक मल खरिद सम्झौता गरेको छ। सम्झौताअनुसार नेपालले सन् २०२५/२६ भित्र ४ लाख ५७ हजार मेट्रिक टन युरिया र ३ लाख ७० हजार मेट्रिक टन डिएपी खरिद गर्नेछ।

National life

गत चैतमा मल खरिदका लागि भएको सरकार–सरकार (जीटूजी) सम्झौताबमोजिम नेपालको कृषि सामग्री कम्पनी र भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर (आरसीएफ) बीच मल खरिद सम्झौता भएको  हो।

आर्थिक वर्ष २०८३/८४ सम्मका लागि मल खरिद गर्न साउन १ मा उक्त सम्झौता भएको कृषि सामग्री कम्पनीका निमित्त प्रबन्ध सञ्चालक राजेन्द्र कार्कीले बताए।

सम्झौताअनुसार पहिलो लट १ लाख ६० हजार मेट्रिक टन मल आगामी मंसिरसम्म नेपाल भित्रिइसक्नेछ। ‘साउन १ मा दुई कम्पनीबीच मल खरिदका लागि सम्झौता भएको छ,’ कार्कीले भने, ‘सम्झौता ढिलो भएका कारण दोस्रो वर्षमा १ लाख १० हजार मेट्रिक टन युरिया र ६० हजार मेट्रिकटन डिएपी मल ल्याइनेछ।’

सम्झौताअनुसार यो आर्थिक वर्ष ६० हजार डिएपी, १ लाख १० हजार युरिया, तेस्रो वर्ष १ लाख १५ हजार युरिया र ८० हजार डिएपी मल ल्याइनेछ।

Shivam cement

यस्तै, चौथो वर्ष १ लाख २० हजार युरिया र ९० हजार मेट्रिक टन डिएपी ल्याउने सम्झौता भएको छ। पाँचांै वर्ष १ लाख २० हजार मेट्रिक टन युरिया, ९० हजार डिएपी मल ल्याइने कार्कीले जानकारी दिए। भारतीय कम्पनीले नेपाली कम्पनीकै नाममा बोरामा प्याकिङसहित मल नाकामा बुझाउने सम्झौतामा उल्लेख छ।

प्रकाशित: Jul 28, 2022| 11:05 बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्