शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एसईई उत्तीर्ण विद्यार्थीलाई नेपाल टेलिकमको सिम निःशुल्क

एसईई उत्तीर्ण विद्यार्थीलाई नेपाल टेलिकमको सिम निःशुल्क

नेपाल टेलिकमले एसईई उत्तीर्ण भएका विद्यार्थीका लागि निःशुल्क सिम उपलब्ध गराउने भएको छ। उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयबाट उपलब्ध हुनेछ।
 |  बुधबार, साउन ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ११, २०७९

काठमाडौं– नेपाल टेलिकमले एसईई उत्तीर्ण भएका विद्यार्थीका लागि निःशुल्क सिम उपलब्ध गराउने भएको छ। उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयबाट उपलब्ध हुनेछ। विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा अफरहरु उपलब्ध गराउने व्यवस्था पनि गरिएको जानकारी दिएको छ।

National life

नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरुले प्रवेशपत्र वा मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरु परिचय पत्रको फोटोकपी संलग्न गरी फाराम भर्नु पर्नेछ। सिम लिइसकेपछि स्टुडेन्ट रजिष्ट्रेशन प्याक प्राप्त गर्नका लागि नयाँ मोबाइल नम्बरबाट एस्ट्रिक१६००ह्यासमा डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर र जन्म मिति (विक्रम सम्वत) उल्लेख गर्नुपर्दछ ।

उक्त प्याकबाट नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा १०० एमबी डाटा प्रयोग गर्न सकिने छ। यस अनुसार ३० दिनसम्म ३ हजार एमबी डाटा, ३०० मिनेट टकटाइम र ३०० वटा एसएमएसको सुविधा प्राप्त हुनेछ ।

यो अफर भएको नयाँ सिममा बोनस अन रिचार्ज प्याकसमेत उपलब्ध गराइएको छ । यस प्याकमा ५० रुपैयाँ वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५ सय एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ ।

विद्यार्थीहरुले पहिलेदेखि नै प्रयोग गरिरहेको नेपाल टेलिकमको मोबाइल नम्बरमा प्याक उपयोग गर्नको लागि प्रयोग गरिरहेको मोबाइलबाट एस्ट्रिक१६००ह्यास डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर र जन्म मिति उल्लेख गर्नुपर्दछ । त्यसपछि नेपाल टेलिकमले प्राप्त सूचनाका आधारमा उक्त सिमलाई विद्यार्थी सिमका रुपमा रजिष्टर गर्दछ र प्याक अनुसारका सुविधाहरु प्राप्त गर्न सकिनेछ ।

Shivam cement

नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरुले सिम कार्डमा मेन व्यालेन्सको रुपमा उपलब्ध हुने ९।८ रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन् भने यो बाहेक ४० मिनेट टक टाइम र २० वटा एसएमएस सहितको सुविधा एक महिनाभित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सक्नेछन् । त्यसैगरी सोही अवधिमा ६० एमबी डाटा पनि चलाउन सकिनेछ । हाललाई यो अफर तीन महिनासम्म उपलब्ध हुनेछ ।

प्रकाशित: Jul 27, 2022| 17:52 बुधबार, साउन ११, २०७९
प्रतिक्रिया दिनुहोस्