शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर इलामको फिक्कलमा

सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर इलामको फिक्कलमा

सिभिल बैंकले इलाम जिल्लाको सूर्योदय नगरपालिका, वडा नं १०, फिक्कलमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ।
 |  बुधबार, साउन ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ११, २०७९

काठमाडौं– सिभिल बैंकले इलाम जिल्लाको सूर्योदय नगरपालिका, वडा नं १०, फिक्कलमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ। 

उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन जिल्ला समन्वय समिति, इलामका उपप्रमुख चित्रकला बराइलीले गरिन्। उक्त एक्सटेन्सन काउन्टरको संचालनले अब त्यस क्षेत्रका सेवाग्राहीहरुले बैंकको एक्सटेन्सन काउन्टर मार्फत आफ्नो सम्पूर्ण बैंकिङ कारोबारहरु सजिलैसँग गर्न सक्नेछन्।

सात लाख भन्दा बढी ग्राहकलाई ११५ शाखामार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले यस एक्सटेन्सन काउन्टर सहित १३ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ।

साथै बैंकको हालसम्म ९९ एटिएम रहेका छन् । बैंकले गत आषाढ मसान्त सम्म रु। ९६ अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु। ८७ अर्व भन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।

प्रकाशित: Jul 27, 2022| 16:03 बुधबार, साउन ११, २०७९
प्रतिक्रिया दिनुहोस्