बुधबार, जेठ २७, २०८३

महिला कर्मचारीलाई खुसीको खबर :  बच्चालाई दूध खुवाउन घर जानै नपर्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
National life
Shivam cement
जागिर खाने महिला कर्मचारीलाई सानो बच्चा भएको समयमा अफिस जाँदा धेरै समस्या हुने गर्दछ । आफ्नो बच्चालाई सँगै लिएर जान बच्चा सानो हुन्छ भने नलिइ जादाँ उसले आमाको दूध खान पाउँदैन, अनि आमालाई पनि बच्चालाई दूध खुवाउन नपाउँदा शारिरीक संकट हुन्छ । यस्तो अवस्थामा निजी क्षेत्रमा काम गर्ने धेरै महिला कर्मचारीले जागिर छाड्नुपर्ने बाध्यता छ । सरकारी कर्मचारीले भने जेनतेन बिदा मिलाएर काम गरिरहेको पाइन्छ । 

तर, यो समस्या समाधानका लागि बेलायतको एक बैंकले यी सबै समस्याको समाधान गरेको छ । ब्रिटेनको गोल्डमैन सैक्स बैंकले एक अनौठो सुविधा शुरु गरेको छ । कम्पनीले महिलाहरुको लागि काम र बच्चा दुवैमा समस्या नआउनेगरी नँया सुविधा तयार गरेका हो ।

सँगै कम्पनीमा कार्यरत महिलाहरुको सजिलोको लागि नँया व्यवस्था मिलाएको छ । ड्युटीको समयमा महिलाहरुले आफ्नो बच्चाहरुलाई दुध खुवाउन घरमा समय मिलाउनुपर्ने वाध्यता छ । 

तर सजिलोको लागि कम्पनीले सो महिलाकर्मीको बच्चाको लागि घरसम्म दुध पुर्‍याउने व्यवस्था मिलाएको छ । यसको लागि कर्मचारीहरुलाई ‘फ्रिजिङ किट’ कम्पनीले नै उपलव्ध गराएको छ ।

दुध डेलिभरीको लागि ‘मिल्कशिप’ कम्पनी रोजिएको छ र यसको सबै खर्च कम्पनीले नै बेहोर्ने भएको छ । यो सुविधा विशेषगरी ती महिलाहरुका लागि हो जसको घर अफिसबाट टाढा पर्दछ ।

कम्पनीका अनुसार यस्तो सुविधाले करीब ६ हजार महिला कर्मचारीलाई फाइदा हुनेछ । इङल्यान्डको एक कम्पनीले यो सुविधा पहिलो पल्ट लागु गरेको हो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्