शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • रिकभर भयो बजेट सार्वजनिक हुनु अघिल्लो दिनको सीसीटिभी फुटेज

रिकभर भयो बजेट सार्वजनिक हुनु अघिल्लो दिनको सीसीटिभी फुटेज

अर्थ मन्त्रालयले डिलिट भएको दाबी गरे पनि सीसीटिभी फुटेज प्रहरीको विद्युतीय विधि विज्ञान प्रयोगशालाले ‘रिकभर’ गरेको हो।
 |  मंगलबार, साउन १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १०, २०७९

काठमाडौं– आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक हुनु अघिल्लो दिनको सिसीटिभी फुटेल रिकभ भएको छ। अर्थ मन्त्रालयले डिलिट भएको दाबी गरे पनि सीसीटिभी फुटेज प्रहरीको विद्युतीय विधि विज्ञान प्रयोगशालाले ‘रिकभर’ गरेको हो।

National life

बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश भए/नभएबारे संसद्को विशेष छानबिन समितिले सीसीटिभीको हार्डडिस्क प्रहरीको प्रयोगशालालाई सुम्पिएको थियो।सोमबार प्रयोगशालाले भिडिओ रिकभर भएको विवरण सिलबन्दी गरेर समितिमा पठाएको थियो। उक्त विवरण समितिको मंगलबारको बैठकमा खोलिएको थियो।

‘भिडिओ रिकभर भएको विवरण समितिले पाएको छ। भिडिओ हेरिसकिएको छैन। मंगलबार ४ बजेट विज्ञहरूको उपस्थितिमा भिडिओ हेरिनेछ,’ समितिका सदस्य सांसद प्रदीप ज्ञवालीले भने। 

प्रयोगशालाले असार १४ मा विभिन्न क्लिप्स समितिलाई बुझाएको उनले बताए। जेठ १४ मा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई प्रवेश गराएर राजस्वको दर हेरफेर गरेको आरोप लागेको छ। साउन ५ मा समितिसमक्ष बयान दिँदै उनले उक्त आरोप अस्वीकार गरेका छन्। उनले सीसीटिभी फुटेज पनि डिलिट नगरेको बयान समितिसमक्ष दिएका थिए।

प्रकाशित: Jul 26, 2022| 13:24 मंगलबार, साउन १०, २०७९
प्रतिक्रिया दिनुहोस्