काठमाडौं– एफवान सफ्ट ग्रुपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त भएका छन्। उनलाई एफवान ग्रुपको सञ्चालक समितिको बैठकले नियुक्त गरेको हो। ढकाल एक उद्यमीका रुपमा चर्चित छन्। ढकालले अमेरिकाको ओराकल सर्नर कर्पोरेसनबाट आफ्नो करियर सुरु गरेका हुन्।
उनले साना किसान सहकारीलाई सफ्टवेयर उपलब्ध गराउनेदेखि विभिन्न किसिमका सफ्टवेयर निर्माण गरेका छन्। उनी यसअघि भायानेटको प्रमुख सञ्चालन अधिकृतको रुपमा समेत कार्यरत थिए। उनले कम्प्युटर विज्ञान र गणितमा स्नातक गरेका छन्।
सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तीय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गरी नेपाल लगायत विदेशी मुलुकमा बिक्री गर्दै आएको छ।