शुक्रबार, असार ५, २०८३

सानिमा बैंकको भिडियो केवाइसी सेवा सुरू

सानिमा बैंकले भिडियो केवाइसी सेवा सुरू गरेको छ। योसँगै अब गैरआवासीय तथा नेपाली मुलुकका व्यक्तिले विदेशबाटै अनलाइन खाता खोलेर भिकेवाइसी गरी आफ्नो खाता खोल्न सक्छन्।
 |  मंगलबार, साउन १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १०, २०७९

काठमाडौं– सानिमा बैंकले भिडियो केवाइसी सेवा सुरू गरेको छ। योसँगै अब गैरआवासीय तथा नेपाली मुलुकका व्यक्तिले विदेशबाटै अनलाइन खाता खोलेर भिकेवाइसी गरी आफ्नो खाता खोल्न सक्छन्। 

National life

ग्राहकहरु आफ्नो खाता खोल्न बैंकसम्म आउनुपर्ने झन्झटबाट मुक्त भएको बैंकले बताएको छ। यो सुविधामार्फत् ग्राहकहरूले सानिमा बैंकको कर्मचारीसँग प्रत्यक्ष रुपमा कुराकानी गरी खाता खोल्दा गर्नुपर्ने अनिवार्य कार्यहरु जस्तै कागजात प्रमाणीकरण, हस्ताक्षर प्रमाणीकरण आदि सहज गर्न सक्छन्। 

अनलाइन खाता खोल्दा भिकेवाइसी विकल्प रोज्न सकिन्छ। र कर्मचारीसँग प्रत्यक्ष कुरा गर्न मिति र समय तय गर्न सकिन्छ।

प्रमाणीकरण स्वीकृत भएको वा नभएको जानकारी ग्राहकलाई इमेल अथवा फोन कलमार्फत् गरिनेछ। प्रमाणीकरण प्रक्रिया स्वीकृत भएपछि आफ्नोे खातामा रकम जम्मा गर्न सकिन्छ। खाताबाट वार्षिक एक करोड रुपैयाँसम्म खर्च गर्न सकिन्छ।

प्रकाशित: Jul 26, 2022| 11:39 मंगलबार, साउन १०, २०७९
प्रतिक्रिया दिनुहोस्