शनिबार, असोज १०, २०८३

ज्योति विकास बैंकले मनायो १४ औं वार्षिकोत्सव

ज्योति विकास बैंकले सोमबार आफ्नो १४ औं वार्षिकोत्सव मनाएको छ। बैंकले कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा उक्त वार्षिकोत्सव मनाएको हो।
 |  मंगलबार, साउन १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १०, २०७९

काठमाडौं– ज्योति विकास बैंकले सोमबार आफ्नो १४ औं वार्षिकोत्सव मनाएको छ। बैंकले कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा उक्त वार्षिकोत्सव मनाएको हो।

वार्षिकोत्सवको अवसरमा बैंकले ज्योति भिडिओ बैंकिङ सार्वजनिक गरेको छ। यस माध्यम अन्तर्गत पहिलो चरणमा अनलाइनबाटै खाता खोलेर बैंक नपुगी तुरुन्तै खाता सञ्चालन गर्न सकिने सेवा सहितको भिडिओ केवाइसी सार्वजनिक गरेको हो। यस पश्चात् देशविदेशमा बसोबास गर्ने नेपालीहरूले पनि अनलाइनबाट खाता खोलेर सञ्चालनमा ल्याउन सक्ने बैंकले जनाएको छ।

कार्यक्रममा बैंकका संस्थापक अध्यक्ष तथा सेयरधनी ध्रुवकुमार उप्रेती र संस्थापक सेयरधनी तथा भुतपूर्व अध्यक्ष ध्रुवराज भट्टराईको पनि उपस्थिति थियो। वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो। सोही अवसरमा बैंकले १० वर्ष निरन्तर कार्यरत रही योगदान दिएका कर्मचारीहरूलाई पनि सम्मानित गरेको छ। 

सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्का तथा प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्टले संयुक्त रूपमा कर्मचारीहरूलाई पदक तथा कदरपत्र प्रदान गरेका थिए। उक्त समारोहमा ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत राधा पौडेल फाउन्डेसनसँग मर्यादित महिनावारी सचेतनामा आधारित परियोजनाहरूमा सहकार्यका लागि सम्झौता  गरेको छ। 

बैंकका प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्ट तथा फाउन्डेसनकी संस्थापक राधा पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। बैंकले प्रारम्भिक चरणमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पाँच लाख रुपैयाँ सहयोगको प्रतिबद्धता समेत जनाएको छ। 

प्रकाशित: Jul 26, 2022| 11:36 मंगलबार, साउन १०, २०७९
प्रतिक्रिया दिनुहोस्