शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनएलजीको डिजिटल मार्केटिङ गर्दै फिन्टेक, 'पोलिसी'बारे चौबिसै घण्टा कल सेन्टर सुविधा

एनएलजीको डिजिटल मार्केटिङ गर्दै फिन्टेक, 'पोलिसी'बारे चौबिसै घण्टा कल सेन्टर सुविधा

एमओयूमा एनएलजीका प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्त र ओएसआर फिन्टेकका चेयरम्यान राजेन्द्र अर्यालले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
 |  सोमबार, साउन ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ९, २०७९

काठमाडौं- एनएलजी इन्स्योरेन्स र बीमा एग्रेगेटर कम्पनी ओएसआर फिन्टेकबीच एक समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ। 

National life

एमओयूमा एनएलजीका प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्त र ओएसआर फिन्टेकका चेयरम्यान राजेन्द्र अर्यालले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। 

समझदारी अनुसार फिन्टेकले इन्स्योरेन्स एग्रेगेटरका रूपमा एनलएलजीको बीमा पोलिसीसम्बन्धी सेवा विद्युतीय माध्यबाट उपलब्ध गराउनेछ। यसका साथै बीमा ब्रोकरको रूपमा उक्त कम्पनीका सेवाहरूका विषयमा मार्केटिङसमेत गरिदिनेछ। यसका लागि फिन्टेकले 'बीमा मार्केट डट कम' नामक वेबसाइट सुरू गर्ने तयारी गरेको छ। 

ओएसआर फिन्टेक नेपालकै पहिलो रियल टाइम अनलाइन पोलिसी जारी गर्ने एग्रेगेटर हो। यसमार्फत ग्राहकले हरेक बीमा लेखको विस्तृत विवरण बुझ्न सक्नेछन्। 

फिन्टेकले रियल टाइम क्लेम सुविधा उपलब्ध दिनेछ। यसले बीमाका विषयमा बुझ्न खोज्ने व्यक्तिका लागि सातै दिन २४सैं घण्टा कल सेन्टरको व्यवस्था गरेको छ। यसमार्फत खरिद-बिक्री र दाबीमा तुरुन्तै पहुँच स्थापित गर्न सकिने कम्पनीको भनाइ छ। 

Shivam cement

ओएसआरले बिक्री भएका सबै पोलिसीको रियल टाइम ट्र्याकिङ, पोलिसी नवीकरणसम्बन्धी नोटिफिकेसन, ग्राहकलाई बीमा दाबी र एलएलजीका पोलिसी खरिदमा सहयोग पनि गर्ने कम्पनीको भनाइ छ। 

प्रकाशित: Jul 25, 2022| 19:37 सोमबार, साउन ९, २०७९
प्रतिक्रिया दिनुहोस्