शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • जनार्दनमाथि छानबिन : संसदीय समिति पुग्यो फरेन्सिक रिर्पोट

जनार्दनमाथि छानबिन : संसदीय समिति पुग्यो फरेन्सिक रिर्पोट

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्दा बिचौलियालाई सहभागी गराएको विषयमा छानबिन गर्न गठित समितिसमक्ष नेपाल प्रहरीको फरेन्सिक रिपोर्ट पुगेको छ।
 |  सोमबार, साउन ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ९, २०७९
National life
Shivam cement

काठमाडौं- तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्दा बिचौलियालाई सहभागी गराएको विषयमा छानबिन गर्न गठित समितिसमक्ष नेपाल प्रहरीको फरेन्सिक रिपोर्ट पुगेको छ। केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज 'रिकभर'सम्बन्धी रिर्पोट संसदीय विषय समितिलाई हस्तान्तरण गरेको हो। 

यसअघि छानबिन समितिले जेठ १४ गतेको अर्थ मन्त्रालय परिसरको सीसीटीभी फुटेज नभेटेपछि फुटेजको सर्भर नै प्रहरीको फरेन्सिक ल्याब पठाएको थियो। सीसीटीभी फुटेज पठाएको जवाफ दिएपछि छानबिन समितिले जेठ १४ गतेको फुटेज डिलिट भएको भनी रिकभर गर्न सिस्टम नै नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला पठाएको थियो।

रिर्पाट प्राप्त भएपनि उक्त रिपोर्टमा के छ भनेर समितिले हेरेको छैन। उक्त ‍रिपोर्ट सिलबन्दी गरेर पठाइएको छ। मंगलबार समितिको बैठक बस्ने र बैठकमा सिल तोडेर हेरिने समिति स्रोतले जानकारी दिएको छ। 

प्रकाशित: Jul 25, 2022| 19:23 सोमबार, साउन ९, २०७९
प्रतिक्रिया दिनुहोस्