शनिबार, असोज १०, २०८३

मौद्रिक नीतिपछि २ दिनमै ११५.५ अंक बढ्यो नेप्से

यी दुई दिनमा मात्र ११५.५ अंकले नेप्से बढेको हो। कारोबारमा मौद्रिक नीतिले सेयर धितो कर्जा गत वर्षको तुलनामा केही खुकुलो गर्दा यसको प्रभाव बजारमा देखिएको हो।
 |  सोमबार, साउन ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ९, २०७९

काठमाडौं- मौद्रिक नीतिको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ। शुक्रबार नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेपछि शनिबार कारोबार बन्द रहेको नेप्से आइतबार र सोमबार उच्च अंकले वृद्धि भएको हो।

यी दुई दिनमा मात्र ११५.५ अंकले नेप्से बढेको हो। कारोबारमा मौद्रिक नीतिले सेयर धितो कर्जा गत वर्षको तुलनामा केही खुकुलो गर्दा यसको प्रभाव बजारमा देखिएको हो।

नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार नेप्से परिसूचक ५४.४५ अङ्कले उकालो लागेर दुई हजार १३२.९६ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.०५ अङ्कले उकालो लागेर ४०७.३८ मा पुगेको छ। 

कूल २१४ कम्पनीका ९९ लाख ४४ हजार ४८ कित्ता शेयर रु चार अर्ब १० करोड ६८ लाख १८ हजार ९४१ मूल्यमा खरिद बिक्री भए । यसबाट नेप्से परिसूचक र कारोबार रकममा वृद्धि भएको देखिन्छ। 

कारोबार भएका कूल १३ उपसमूहकै शेयर मूल्यमा वृद्धि भएको छ । नेप्सेका अनुसार बैंकिङ २१.५१, व्यापार ५०.३८, होटल तथा पर्यटन ७५.६७, विकास बैंक २१३.३८, जलविद्युत् १०७.१३, वित्त १३८.१९, निर्जीवन बीमा १२५.७७, उत्पादन १७०.०९, अन्य १४.३९, लघुवित्त १८५.९८, जीवन बीमा २१०.७९, सामूहकि लगानी कोष ०.१ र लगानी १.७४ अङ्कले उकालो लागेको छ। 

सोमबारको कारोबारपछि बजार पुँजीकरण रु ३० खर्ब ४५ अर्ब ७३ करोड ५९ लाख ९८ हजार ३७७ बराबर पुगेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु १५ करोड २९ लाख २५ हजार ६७८ बराबरको कारोबार भयो। यस्तै अरुण काबेली पावर रु १४ करोड ५१ लाख १५ हजार ३४२, नेपाल दूरसञ्चार कम्पनी रु ११ करोड ५१ लाख सात हजार ४०५, हिमालयन डिस्टिलरी रु ११ करोड ४९ लाख ८४ लाख ३१४ र माथिल्लो तामाकोशी रु १० करोड ६० लाख ३१ हजार ६९५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए। 

सात कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको छ । आजको कारोबारमा ती कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। नेप्सेका अनुसार नारायणी डेभलपमेन्ट बैंक, मल्टीप्रपोज फाइनान्स, सूर्योदय बोमी लघुवित्त, ग्रनि डेभलपमेन्ट, युनाइटेड मोदी हाइड्रोपावर, मानुषी लघुवित्त, बलेफी हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भयो। 

यस्तै कूल १८ कम्पनीको शेयर मूल्यसमेत ९ प्रतिशत बढीले वृद्धि भएको छ। त्यस्तै मन्जुश्री फाइनान्स ५.८७, कुमारी बैंकको ऋणपत्र ३.९०, सिभिल बैंकको ऋणपत्र २.१८, सानिमा लार्ज क्याप २.०७ र लक्ष्मी उन्नती कोषका लगानकिर्ताले दुई प्रतिशतले गुमाएका छन्।

आइतबार पुँजीबजार

आइतबार नेप्से परिसूचक ६१.०५ अंकले बढेको थियो। नीति जारी भएपछिको पहिलो दिन आइतबार सेयर बजार २०७८.५१ विन्दुमा पुगेको थियो। आइतबार तीन वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको थियो। सेन्ट्रल फाइनान्स कम्पनी, समृद्धि फाइनान्स कम्पनी र मल्टिपर्पोज फाइनान्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो। बजार बढेका कारण थप सात कम्पनीको सेयर मूल्य पनि ९ प्रतिशतभन्दा बढीले बढेको थियो। 

नेप्सेमा सूचीकृत कम्पनीमध्ये आज २१९ कम्पनीको ६४ लाख २३ हजार कित्ता सेयर ४२ हजार पटक कारोबार भयो। यसबाट कुल २ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको थियो।

प्रकाशित: Jul 25, 2022| 16:48 सोमबार, साउन ९, २०७९
प्रतिक्रिया दिनुहोस्