शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • १२ सय स्पर्धीलाई पछि पार्दै बनेपाका उमेश बने उत्कृष्ट टाटा मेकानिक

१२ सय स्पर्धीलाई पछि पार्दै बनेपाका उमेश बने उत्कृष्ट टाटा मेकानिक

बनेपाका उमेश मानन्धर उत्कृष्ट प्रशिक्षक घोषित भएका छन्।
 |  सोमबार, साउन ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ९, २०७९

काठमाडौं- बनेपाका उमेश मानन्धर उत्कृष्ट प्रशिक्षक घोषित भएका छन्। 'सिप्रदी अटोपार्टस् प्रालि र टाटा मोटर्स् लिमिटडको संयुक्त आयोजनामा नेपालका १२ सयभन्दा बढी मेकानिकको सिप र क्षमता प्रतिस्पर्धामा उनी प्रथम बनेका हुन्।

National life

प्रतिस्पर्धामा बुटवलका अम्बर गुरुङ द्वितीय र काठमाडौंका डेम लामा तृतीय भए। प्रतियोगितामा लिखित र मौखिक दुई चरणमा स्पर्धा गराइएको थियो। पहिलो चरणमा २ सय र दाश्रो चरणमा ३० जना प्रतिस्पर्धी छानिएको थियो। 

'देशका जुनसुकै स्थानमा टाटाका गाडीको मर्मत सहज रुपमा प्राप्त होस्' भन्ने उदेश्यले स्थानीय मेकानिकको क्षमता वृद्धि गरी सेवा प्रवाहमा सहजता ल्याउन यस्तो कार्यक्रम आयोजना गरिएको टाटाले जानकारी दिएको छ। 

टाटाले 'टाटा गुरु कार्यक्रम'समेत सञ्चालन गरी मेकानिकहरूलाई आवश्यक तालिम, ज्ञान र क्षमता अभिवृद्धि गराउँदै आएको छ। बजारमा रहेका टाटा गुरुको क्षमताको परीक्षण गरी आवश्यक सुधार गर्नुपर्ने ठाउँको पहिचान गर्न यस्तो कार्यक्रम प्रभावकारी भएको टाटाका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी बताउँछन्। साथै यस प्रतिस्पर्धाबाट उत्कृष्ट तीन जनालाई अन्तराष्ट्रिय प्रतिस्पर्धामा पनि पठाइने उनले जानकारी दिए। 

टाटा गुरु कार्यक्रममा ३ सयभन्दा बढी मेकानिक सहभागी छन्। चितवनको सेभेन स्टार होटलमा आयोजना गरिएको कार्यक्रममा सिप्रदी ग्रुप अफ कम्पनिजका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले सम्बोधन गरेका थिए।

Shivam cement

टाटा मोटर्सका तर्फबाट इन्टरनेशनल विजनेस हेड निल कुमार मिश्रले सम्पूर्ण गुरुहरुलाई धन्यवाद भन्दै अन्तराष्ट्रिय प्रतिस्पर्धाका लागि शुभकामना व्यक्त गरे। आफूहरूको क्षमता अभिवृद्धि गर्न टाटाले प्रभावकारी कार्यक्रम सञ्चालन गरेको भन्दै सहभागीहरूले खुशी व्यक्त गरेका थिए। 

प्रकाशित: Jul 25, 2022| 21:10 सोमबार, साउन ९, २०७९
प्रतिक्रिया दिनुहोस्