शनिबार, असोज १०, २०८३

टोखामा टिभिएसको नयाँ शोरुम

नेपालमा टिभिएस टु व्हीलर्सको एकमात्र वितरक जगदम्बा मोटर्सले काठमाडौंको टोखामा शोरुम ‘टोखामी अटो हब’ सञ्चालनमा ल्याएको छ।
 |  सोमबार, साउन ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ९, २०७९

काठमाडौं– नेपालमा टिभिएस टु व्हीलर्सको एकमात्र वितरक जगदम्बा मोटर्सले काठमाडौंको टोखामा शोरुम ‘टोखामी अटो हब’ सञ्चालनमा ल्याएको छ।

ग्राहकहरुलाई टिभिएस मोटरसाइकल तथा स्कूटरको बिक्री, सेवा र स्पेयर पार्ट्स सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ टोखामा नयाँ शोरुम सुरु गरिएको कम्पनीले जनाएको छ।

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले टिभिएसमा ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्न सधैं प्रयासरत रहेको बताए। ‘ग्राहकहरूलाई थप प्रभावकारी र छिटोछरितो रूपमा सेवा दिन नयाँ सुविधाहरू थपिएको छ। टिभिएसले निरन्तर रूपमा आफ्ना ग्राहकहरूको सुविधा र गुणस्तरीय सेवामा ध्यान दिइरहेको छ,’ उनले भने ।

प्रकाशित: Jul 25, 2022| 15:52 सोमबार, साउन ९, २०७९
प्रतिक्रिया दिनुहोस्