शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिद्धार्थ बैंक ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित

सिद्धार्थ बैंक ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित

सिद्धार्थ बैंक लिमिटेड बैंकिङ क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन–२०२१’ अवार्डबाट सम्मानित भएको छ।
 |  सोमबार, साउन ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ९, २०७९

काठमाडौं– सिद्धार्थ बैंक लिमिटेड बैंकिङ क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन–२०२१’ अवार्डबाट सम्मानित भएको छ। 

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले आर्थिक वर्ष २०२०–२१ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जबाफदेहीता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरेको हो। 

उक्त अवार्ड शुक्रबार आयोजित एक कार्यक्रममा महालेखा नियन्त्रक सुमनराज अर्याल र आईक्यानका अध्यक्ष युद्धराज ओलीले संयुक्त रुपमा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेललाई हस्तान्तरण गरे। यो अवार्डले बैंकलाई आगामी दिनमा अझ बढी परिस्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको बैंकले जनाएको छ।

बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले साउथ एसिया फेडरेसन अफ एकाउन्टेन्ट्स (साफा)द्वारा दक्षिण एसियालीस्तरमा आयोजना हुने ‘उत्कृष्ट वार्षिक प्रतिवेदन’ अवार्डका लागिसमेत प्रतिस्पर्धा गर्नेछ।


प्रकाशित: Jul 25, 2022| 15:30 सोमबार, साउन ९, २०७९
प्रतिक्रिया दिनुहोस्