शुक्रबार, असार ५, २०८३

भिभोका उत्कृष्ट स्मार्टफोन नेपाली बजारमा

- स्मार्टफोन ब्रान्ड भिभोले नेपालमा वाईदेखि भी सिरिजसम्मका विविध पोर्टफोलियोमार्फत ग्राहकहरूलाई स्मार्टफोन छनोटहरूका लागि धेरै विकल्पहरू प्रदान गर्दै आइरहेको छ।
 |  सोमबार, साउन ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ९, २०७९

काठमाडौं- स्मार्टफोन ब्रान्ड भिभोले नेपालमा वाईदेखि भी सिरिजसम्मका विविध पोर्टफोलियोमार्फत ग्राहकहरूलाई स्मार्टफोन छनोटहरूका लागि धेरै विकल्पहरू प्रदान गर्दै आइरहेको छ।

National life

ब्रान्डले आफ्नो स्मार्टफोनमा आधुनिक क्यामेरा प्रविधि र नवीनताका साथ बजारमा राम्रो पकड बनाएको छ। सबै भिभो स्मार्टफोनहरू अत्याधुनिक प्रविधिका साथ डिजाइन गरिएका कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार भिभो वाई सिरिजका फोनहरू ग्राहकहरूका लागि किफायती मूल्यहरूमा अद्वितीय फ्ल्यागसिप अनुभव प्रदान गर्नमा केन्द्रित छ। 

भिभो वाई५५ एक शक्तिशाली प्रोसेसर र क्यामेरा भएको वाई सिरिजअन्तर्गत हालै सार्वजनिक भएको स्मार्टफोन हो। यसमा ५० एमपी एचडी ट्रिपल क्यामेरा मोड्युल छ जसबाट डबल एक्सपोजर र अल्ट्रा स्टेबल भिडियो लिन सकिन्छ। 

यसमा भएको स्न्यापड्रेगन ६८० प्रोसेसर बाट सहजै गेमिङ वा स्ट्रिमिङ गर्न सकिन्छ। यो ५००० एमएएच ब्याट्रीको साथ आउँछ जसलाई ४४वाट फ्ल्यासचार्जले समर्थन गरेको छ। यो उपकरण ३३ हजार ९ सय ९९ रुपैयाँमा देशभर उपलब्ध छ। 

Shivam cement

त्यसैगरी वाई३३एस एक उत्कृष्ट डिजाइन गरिएको स्मार्टफोन हो जसलाई नेपालका ग्राहकहरूले धेरै रुचाएका छन्। यसमा शार्प र अल्ट्रा–क्लियर फोटोग्राफीको लागि ५०एमपी रियर क्यामेरा र १६एमपी सुपर नाइट सेल्फी क्यामेरा छ।

यसमा ५०००एमएएच ब्याट्रीमा र १८वाट फास्ट चार्ज छ। एक्सटेन्डेड र्याम २.० को साथ यसको ८जीबी र्यामलाई ४जीबी सम्म बढाउन सकिन्छ। यो स्लिम र ट्रेंडी स्मार्टफोन मात्र  २९ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध छ।

वाई २०एस एक शानदार र आधुनिक डिजाइन भएको यो स्मार्टफोनमा ५००० एमएएच ब्याट्री, १८ वाट फ्ल्यासचार्ज टेक्नोलोजी र एआई पावर सेभिङ टेक्नोलोजी रहेको छ। १३एमपी रियर क्यामेराले फेस ब्युटी, पोट्र्रेट लाइट इफेक्ट र फिल्टर जस्ता विशेषताहरू समावेश छन्। 

यो स्मार्टफोनले मल्टि–टर्बो ३.० र अल्ट्रा गेम मोड मार्फत सिमलेस अनुभव प्रदान गर्छ। यो मात्र  २५ हजार ४ सय ९९ रुपैयाँमा उपलब्ध छ। 

वाई२१  भने ८.०एमएम स्लिम बडी भएको स्लिम र स्टाइलिश स्मार्टफोन हो। यसमा १३ एमपी रियर क्यामेरा र ८ एमपी सफ्टलाइट फ्रन्ट क्यामेरा छ जसमा पोट्र्रेट मोड, एचडीआर स्मार्ट इमेजिङ र पोज गाइड लगायत विशेषताहरू छन्। यसमा ५०००एमएएच ब्याट्री र १८वाट फास्ट चार्ज छ। यो मात्र  २२ हजार ९ सय ९९ रुपैयाँमा देशभर उपलब्ध छ।

भिभो भी२३फाइभजी एक मास्टरपीस हो जसले आफ्नो रंग परिवर्तन हुने विशेषताको कारण उद्योगमा तरंगहरू मच्चाएको छ। यसमा भएको रंग परिवर्तन हुने फ्लोराइट एजी डिजाइन प्रविधिको कारण यो रंग परिवर्तन सम्भव हुन्छ। 

यसबाहेक, भी२३ फाइभजी मा उच्च रिजोल्युसनको ५०एमपी अटोफोकस पोट्र्रेट सेल्फी क्यामेरा र अगाडि ८एमपी वाइड–एंगल क्यामेरा छ जसले उत्कृष्ट र एचडी तस्वीरहरू खिच्छ। 

पछाडिको क्यामेरामा जीडब्लू१ इमेज सेन्सरको साथ ६४एमपी रियर क्यामेरा छ जसले प्रशंसनीय प्रकाश संवेदनशीलता प्रदान गर्दछ। यसमा ४२००एमएएच ब्याट्री र ४४वाट फ्ल्यासचार्ज रहेको छ जुन मात्र  ५५ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध छ।

प्रकाशित: Jul 25, 2022| 15:17 सोमबार, साउन ९, २०७९
प्रतिक्रिया दिनुहोस्