काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबारका लागि र्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ४८ पैसा र बिक्री दर १२८ रुपैयाँ ०८ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १३० रुपैयाँ १८ पैसा र बिक्री दर १३० रुपैयाँ ०८ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५३ रुपैयाँ ०३ पैसा र बिक्री दर १५३ रुपैयाँ ७५ पैसा छ।
यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ ५८ पैसा र बिक्री दर १३३ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ २९ पैसा र बिक्री दर ८८ रुपैयाँ ७१ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ०७ पैसा रहेको छ भने बिक्री दर ९९ रुपैयाँ १६ पैसा छ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३७ पैसा र बिक्री दर ९ रुपैयाँ ४१ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८८ पैसा र बिक्री दर १८ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ९२ पैसा र बिक्री दर ३४ रुपैयाँ ०८ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ०८ पैसा र बिक्री दर ३४ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७७ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७३ पैसा र बिक्री दर ९ रुपैयाँ ७७ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। - यस्तो छ आजको विनिमय दर