शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अल्पकालिन लाभमात्रै नहेरी रोजगारी सिर्जना र गरिबी निवारणमा भूमिका खेल्नुस् : प्रधानमन्त्री

अल्पकालिन लाभमात्रै नहेरी रोजगारी सिर्जना र गरिबी निवारणमा भूमिका खेल्नुस् : प्रधानमन्त्री

प्रधामन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रलाई अल्पकालिन लाभ हुने क्षेत्रमा मात्रै लगानी नगर्न आग्रह गरेका छन्। दिगो तथा दीर्घकालिन लाभ हुने क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना तथा गरिबी निवारणमा भूमिका खेल्न आग्रह गरेका छन्।
 |  आइतबार, साउन ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन ८, २०७९

काठमाडौं– प्रधामन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रलाई अल्पकालिन लाभ हुने क्षेत्रमा मात्रै लगानी नगर्न आग्रह गरेका छन्। दिगो तथा दीर्घकालिन लाभ हुने क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना तथा गरिबी निवारणमा भूमिका खेल्न आग्रह गरेका छन्। 

National life

देशको अर्थतन्त्र संकटमा रहेकाले विदेशी मुद्राको सञ्चिति बढाउने सहयोग पुग्ने खालका व्यावसायिक गतिविधि सञ्चालन गर्न निजी क्षेत्रलाई भनेका छन्। पेट्रोलियम पदार्थको खपत घटाएर विद्युतको खपत बढाउन उनले निजी क्षेत्रलाई आग्रह गरेका छन्। 

‘विदेशी मुद्रा आर्जन हुने क्षेत्रहरु वैदेशिक लगानी बढाउने, विलासी वस्तु तथा आयातलाई निरुत्साहित गर्ने, रेमिट्यान्सलाई औपचारिक माध्यमबाट भित्र्याउन पहल गर्ने खालका गतिवधिहरुमा निजी क्षेत्रको सहयोग आवश्यक छ,’ देउवाको भनाइ छ। अर्थतन्त्रलाई थप बिग्रन नदिन र थप ट्रयाकमा सरकारले प्रयास गरिरहेको बताउँदै देउवाले मुलुकभित्र पर्याप्त उत्पादनविना आर्थिक विकास गर्न नसकिने र निजी क्षेत्र बिना मुलुकको विकास नहुने बताएका छन्। निजी क्षेत्रलाई उद्यमशिलता विकासका लागि नीतिगत तथा संस्थागत विकासका लागि सरकारले आवश्यक नीति लिएको र आगामी दिनमा लगानीको उचित वातावरण निर्माण गर्ने देउवाले बताए।

नेपाल उद्योग परिसंघ नेपालको १९ वार्षिक साधारणसभामा बोल्दै प्रधामन्त्री देउवाले परिसंघ‍ले निजी क्षेत्रको विकास तथा विस्तार र लगानीको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै प्रसंसा गरेका छन्। परिसंघले उद्योग व्यवसायको विस्तारका लागि सेतुको काम गर्दै आएको समेत उनले बताका छन्। मुलुकको स्वाधिन अर्थतन्त्र निर्माणका लागि मेक इन नेपाल जस्तो महत्वपूर्ण कार्यक्रम रहेको परिसंघ तथा नेपाल सरकारको संयुक्त सहकार्यमा अगाडि बढाइएको प्रधानमन्त्री देउवाले बताए।

प्रकाशित: Jul 24, 2022| 18:24 आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्