शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमई बैंकले ल्यायो चक्रवर्ती मुद्दती निक्षेप योजना

ग्लोबल आइएमई बैंकले ल्यायो चक्रवर्ती मुद्दती निक्षेप योजना

ग्लोबल आइएमई बैंकले मुद्दती निक्षेपलाई दोब्बर, तेब्बर, चौबर वा सोही अनुसार बनाउन सकिनेगरी ‘चक्रवर्ती मुद्दती योजना’ सार्वजनिक गरेको छ।
 |  आइतबार, साउन ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन ८, २०७९

काठमाडौं– ग्लोबल आइएमई बैंकले मुद्दती निक्षेपलाई दोब्बर, तेब्बर, चौबर वा सोही अनुसार बनाउन सकिनेगरी ‘चक्रवर्ती मुद्दती योजना’ सार्वजनिक गरेको छ।

बैंकले ल्याएको यस मुद्दती निक्षेप योजनाअन्तर्गत तोकिएको समयावधिभित्र उक्त मुद्दती निक्षेप दोब्बर, तेब्बर, चौबर वा ग्राहकहरुको चाहना बमोजिम सो भन्दा अझ बढी हुनेछ। 

यस योजनामा ब्याज प्रचलित दर अनुसार लागू हुनेछ। अहिलेको प्रचलित ब्याजदरअनुसार मुद्दती निक्षेपमा ८० महिनामा दोब्बर, १२७ महिनामा तेब्बर र १६० महिनामा चौबर हुने बैंकले जनाएको छ। यो मुद्दती निक्षेप खाता सञ्चालनका लागि न्यूनतम मौज्दात १० हजार रहेको छ। यसले ग्राहकलाई आफ्नो निक्षेपको उच्चतम प्रतिफल प्राप्त गर्न टेवा पुर्‍याउने बैंकको भनाइ छ। 

प्रकाशित: Jul 24, 2022| 18:20 आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्