शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बजेटलाई सहयोग गर्नेगरी मौद्रिक नीति आएको छ : प्रधानमन्त्री

बजेटलाई सहयोग गर्नेगरी मौद्रिक नीति आएको छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको बजेटलाई सहयोग गर्ने गरी मौद्रिक नीति आएको बताएका छन्।
 |  आइतबार, साउन ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन ८, २०७९

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको बजेटलाई सहयोग गर्ने गरी मौद्रिक नीति आएको बताएका छन्। आइतबार नेपाल उद्योग परिसंघको १९ औं वार्षिक साधारणसभालाई सम्वोधन गर्दै प्रधामन्त्री देउवाले चालू आर्थिक वर्षका लागि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले उत्पादनशिलता विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

National life

‘राष्ट्र बैंकले भर्खरै यस आर्थिक वर्षको बजेटलाई सहयोग पुर्याउने गरी मौद्रिक नीति जारी गरेको छ। यसले मुलुकमा कृषि क्षेत्र, उत्पादनमूलक तथा निकासीजन्य उद्योगलाई सहयोग पुर्याउने छ। उक्त नीतिले व्यवस्था गरेको सहुलियतपूर्ण सुविधाको उपयोग गरी उत्पादनशील क्षेत्रमा लगानी गर्न म निजी क्षेत्रका साथीहरुलाई आग्रह गर्न चाहन्छु,’ उनले भने। अर्थमन्त्री समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको कुल गार्हस्थ्य उत्पादन र रोजगारी सृजनामा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए।

यस क्षेत्रकै योगदानका कारण सरकारको राजस्व बढ्न मद्दत पुगेको चर्चा उनले गरे। यतिबेला मुलुकको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेकाले अल्पकालिन लाभ दिने भन्दा पनि दीर्घकालिन क्षेत्रमा लगानी गर्न प्रधानमन्त्री देउवाले आग्रह गरेका छन्। 

अहिले मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्रमा चाप रहेको र कमजोर आन्तरिक उत्पादनका कारण विदेशी मुद्रा सञ्चितिमा दबाब रहेको देउवाले बताएका छन्। यस्तो अवस्थमा आन्तरिक उत्पादन बढाउन र आयातित वस्तुको उपभोग कम गर्नका लागि निजी क्षेत्रले भूमिका खेल्नुपर्नेमा उनले जोड दिए।

प्रकाशित: Jul 24, 2022| 18:08 आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्