शुक्रबार, असार ५, २०८३

२०२३–२०३३ लाई 'नेपाल भ्रमण दशक' मनाइने

सरकारले सन् २०२३–२०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो।
 |  आइतबार, साउन ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन ८, २०७९

काठमाडौं– सरकारले सन् २०२३–२०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो।

National life

आगामी तीन महिनाभित्र यस्तो घोषणा गरिसक्ने मन्त्रालयको भनाइ छ। मन्त्रालयले गैरआवासीय नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान’समेत चलाउने भएको छ।

प्रयोगमा नआएका विमानस्थललाई वैकल्पिक प्रयोगमा ल्याइने घोषणासमेत मन्त्रालयले गरेको छ। पर्यटनमन्त्री जीवनराम श्रेष्ठले कार्यभार सम्हाल्ने क्रममा टुरिजम ‘रिकभरी प्लान’ ल्याउने निर्णय गरेका थिए। सोही अनुसार आइतबार मन्त्रालयले कार्ययोजना सार्वजनिक गरेको हो।

काठमाडौं उपत्यकाभित्र रात्रिकालीन पर्यटनको प्रारम्भ र प्रवर्धन गर्न काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्रा आगामी दुई वर्षभित्र सञ्चालन गर्नेसमेत मन्त्रालयले जनाएको छ।

प्रकाशित: Jul 24, 2022| 12:14 आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्