शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • यामाहाको ‘रोड टू मोटो जिपी’ अफरका चार विजेताले मोटोजिपी प्रत्यक्ष हेर्न पाउने

यामाहाको ‘रोड टू मोटो जिपी’ अफरका चार विजेताले मोटोजिपी प्रत्यक्ष हेर्न पाउने

नेपालका लागि यामाहा बाइकको आधिकारिक वितरक यामाहा नेपालले चाङ अन्तराष्ट्रिय सर्किट, थाइल्याण्डमा हुन गइरहेको मोटो जिपी, २०२२ प्रत्यक्ष हेर्न चार जना विजेतालाई लैजाने भएको छ।
 |  आइतबार, साउन ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन ८, २०७९

काठमाडौं– नेपालका लागि यामाहा बाइकको आधिकारिक वितरक यामाहा नेपालले चाङ अन्तराष्ट्रिय सर्किट, थाइल्याण्डमा हुन गइरहेको मोटो जिपी, २०२२ प्रत्यक्ष हेर्न चार जना विजेतालाई लैजाने भएको छ।

असार ०९ गतेबाट कम्पनीले सुरु गरेको ‘रोड टू मोटोजिपी’ नामक स्कीमअन्तर्गत यामाहाको आधिकारिक शोरूममा आई फारम भर्नेहरूमध्ये बाट लक्की ड्रमार्फत १ एक जना र बाइक र स्कुटर खरिदकर्ताहरूमध्ये ३ जना भाग्यशाली विजेताहरूको छनोट गरी थाइल्याण्ड लैजान लागिएको हो।

‘रोड टू मोटोजिपी’ यामाहा नेपालले बाइकप्रेमीहरूलाई मोटोजिपी प्रत्यक्ष हेर्दाको दूर्लभ अनुभब प्रदान गर्ने उद्देश्यका साथ मोटोजिपीसँग समन्वय गरी ल्याएइएको स्कीम रहेको कम्पनीले जनाएको छ। ती चारजना भाग्यशाली विजेताहरूका लागि सो अवधिभरको लजिङ र फुडिङको व्यवस्था पनि कम्पनीले नै बेहोर्ने कम्पनीले उल्लेख गरेको छ।

असार ९ गते जेनेसिस क्याफेमा कम्पनीले आफ्नो स्पोर्ट बाइक आरवान १५ एमको लञ्चसँगै रोड टू मोटो जिपी नाम दिई उक्त स्किम सार्वजनिक गरेको थियो, जसअन्तर्गत कम्पनीको आधिकारिक शोरूममा आई फारम भर्नेका लागि सो स्किम लागू गरिने व्यवस्था कम्पनीले गरेको थियो।

यस वर्षको मोटोजिपी थाइल्याण्डको चाङ अन्तराष्ट्रिय सर्किटमा आगामी भदौ १४ देखि १७ गतेसम्म हुनेछ।

प्रकाशित: Jul 24, 2022| 11:35 आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्