शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मेगा बैंकमा मोबाइल बैंकिङदेखि एटीएम कार्डसम्म निःशुल्क

मेगा बैंकमा मोबाइल बैंकिङदेखि एटीएम कार्डसम्म निःशुल्क

मेगा बैंक नेपालले ‘एक–से–एक बचत खाता’ नामक नयाँ आकर्षक बचत खाता योजना ल्याएको छ।
 |  आइतबार, साउन ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन ८, २०७९

काठमाडौं– मेगा बैंक नेपालले ‘एक–से–एक बचत खाता’ नामक नयाँ आकर्षक बचत खाता योजना ल्याएको छ। यस बचत खातामा सगरमाथा, कञ्चनजंघा र ल्होत्से गरी तीन वटा हिमालको नामकरण गरी फरक फरक सुविधाहरु ल्याइएको बैंकले जनाएको छ।

यी योजनाहरुमा ८.०३ प्रतिशत ब्याज पाइनुका साथै बिभिन्न आकर्षक सुविधा तथा छुटको पनि व्यवस्था गरिएको छ। यसैगरी, यी तीनै वटा योजनामा डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ चेक बुक र इ–कमर्श रजिष्ट्रेशन निःशुल्क गरिएको छ। यस्तै क्रेडिट कार्ड सुविधा पनि उपलब्ध रहेको बैंकको भनाइ छ ।

यसका साथै ग्राहकलाई रिटेल लोन प्रक्रिया शुल्कमा ०.२५ छुटसहित प्रिपेड डलर कार्ड, लकर लगायत विविध सेवामा छुटको व्यवस्था गरिएको छ। 

प्रकाशित: Jul 24, 2022| 11:30 आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्