शनिबार, असोज १०, २०८३

भियतनामबाट हुँदै गौतमबुद्ध विमानस्थलमा पहिलो उडान

हङकङको जेट एभिएसन बिजनेसअन्तर्गतको चार्टर उडान भियतनामको न्वाई वाई इन्टरनेसनल एयरपोर्टबाट भैरहवा अवतरण हुनेछ।
 |  आइतबार, साउन ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन ८, २०७९

काठमाडौं– भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा  भियनामबाट पहिलो उडान आगामी बुधबारबाट हुने भएको छ। बुधबार भियतनामबाट चार्टर उडान हुन लागेको हो। 

हङकङको जेट एभिएसन बिजनेसअन्तर्गतको चार्टर उडान भियतनामको न्वाई वाई इन्टरनेसनल एयरपोर्टबाट भैरहवा अवतरण हुनेछ। चार्टर उडानका लागि अनुमति दिइसकिएको न्वाई वाई इन्टरनेसनल एयरपोर्टबाट जहाज खाली आउनेछ। यहाँबाट भने दुई जना यात्रु जानेछन्। 

यो चार्टर उडानका लागि नेपाल एभिएसन सर्भिसेज स्थानीय प्रतिनिधि छ। यसका लागि कम्पनीको फाल्कोन–८ सिरिजको १२ सिटे जहाज खाली आउने र दुई यात्रु लिएर जाने तालिकामा उल्लेख छ। भीएन–ए ४९९ रजिस्ट्रेसन नम्बर रहेको यो जहाज बुधबारै भियतनाम फर्किने तालिका छ। यो जहाजको ग्राउन्ड ह्यान्डलिङ नेपाल वायुसेवा निगमले गर्नेछ।

प्रकाशित: Jul 24, 2022| 11:20 आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्