शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • दराज र नेप्सबीच कार्ड प्रि–पेमेन्ट प्रवर्द्धन गर्ने सम्झौता

दराज र नेप्सबीच कार्ड प्रि–पेमेन्ट प्रवर्द्धन गर्ने सम्झौता

नेपालको अनलाइन बजार दराजले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)सँग दराजमा किनमेल गर्दा प्रि(पेमेन्ट प्रवर्द्धन गर्न सम्झौता गरेको छ।
 |  आइतबार, साउन ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन ८, २०७९

काठमाडौं– नेपालको अनलाइन बजार दराजले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)सँग दराजमा किनमेल गर्दा प्रि(पेमेन्ट प्रवर्द्धन गर्न सम्झौता गरेको छ।

आफ्नो अर्डरको लागि नगद अन डेलिभरीमार्फत भुक्तानी गर्न रुचाउने ग्राहकहरूलाई प्रि(पेमेन्टमा रूपान्तरण गर्ने प्रयासमा दराज र नेप्सले अनलाइन सपिङ प्लेटफर्ममा डेबिट र क्रेडिट कार्डहरूको प्रयोगलाई प्रोत्साहन दिइरहेको बताइएको छ।

सम्झौता पत्रमा दराज नेपालका डिजिटल पेमेन्ट एण्ड पार्टनरसिप प्रमुख अरुण फुयाँल र नेप्सका सिबिओ पविन्द्र राजभण्डारीले हस्ताक्षर गरेका हुन्।

ग्राहकहरूलाई नगदबाट डिजिटल वित्तीय कारोबारमा स्वीच गर्न प्रोत्साहित गर्ने प्रयासमा दराजले विभिन्न बैंकहरू र डिजिटल वालेटहरूसँग सम्बन्ध र भुक्तानी साझेदारी बढाउँदै आएको बताइएको छ। दराजले थुप्रै बैंकहरूसँग साझेदारी गरेको छ, जसले ग्राहकहरूलाई तोकिएको बैंकमा भुक्तानी गर्दा विशेष छुटहरू प्राप्त गर्न अनुमति दिनेछ।

ग्राहकहरूले दराज एपमा आफ्नो अर्डर चेक आउट गर्दा र बैंक अफ द डेज डेबिट वा क्रेडिट  कार्डमार्फत भुक्तानी गर्ने विकल्प चयन गर्दा दैनिक बैंक छुट भौचरहरू प्रयोग गर्न सक्नेछन्। संकलित भौचरहरू चेकआउटको समयमा स्वचालित रूपमा लागू हुने कम्पनीले बताएको छ।

प्रकाशित: Jul 24, 2022| 11:12 आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्