शनिबार, असोज १०, २०८३

कर्जाको ब्याजदरमा दुईथरी व्यवस्था

अब बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जाको ब्याजमा दुई प्रकारको व्यवस्था गरिएको छ।
 |  शुक्रबार, साउन ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ६, २०७९

काठमाडौं– अब बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जाको ब्याजमा दुई प्रकारको व्यवस्था गरिएको छ। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको लागि जारी गरेको मौद्रिक नीति मार्फत ब्याजमा दुईथरी व्यवस्था गरिने घोषणा गरेको हो। 

कृषि तथा उत्पादनशील क्षेत्रमा जारी हुने कर्जाको लागि आधार दरमा दुई प्रतिशत थप गरी ब्याज लिन पाइने र मार्जिन प्रकृतिका कर्जामा सम्भवतः बढी ब्याज लिइन पाइने व्यवस्था गरिनेछ। बढ्दो ब्याजदरका कारण उद्योग व्यसाय संचालन गर्नका लागि अप्ठ्यारो भएको भन्दै विभिन्न सरोकारवालाहरुले दुई थरिका ब्याजको व्यवस्था गर्नलाई अनुरोध  गर्दै आएका थिए। तर, क्षेत्रगत रुपमा कुनमा कस्तो किसिमको व्याजदरको व्यवस्था गरिन्छ भन्ने कुरा भने मौन्द्रिक नीतिमा पुष्टि गरिएको छैन।

प्रकाशित: Jul 22, 2022| 18:22 शुक्रबार, साउन ६, २०७९
प्रतिक्रिया दिनुहोस्