शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मर्जरमा जाँदा बैंक तथा वित्तीय संस्थाको कारोबार रोक्का नहुने

मर्जरमा जाँदा बैंक तथा वित्तीय संस्थाको कारोबार रोक्का नहुने

बैंक तथा वित्तीय संस्था मर्जरमा जाँदा अब कारोबार रोक्का नहुने भएको छ।
 |  शुक्रबार, साउन ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ६, २०७९

काठमाडौं– बैंक तथा वित्तीय संस्था मर्जरमा जाँदा अब कारोबार रोक्का नहुने भएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षका लागि मौद्रिक नीतिमार्फत यस्तो घोषणा गरेका हुन्। 

मर्जरमा जाने संस्थाहरुको कारोबार रोक्का गर्नुपर्ने व्यवस्था खारेज गरी अब मर्जर तथा प्राप्ति नेपाल धितोपत्र बोर्डको नियमन अनुसार गरिने उनले बताए। त्यस्तै बैंक तथा वित्तीय संस्थाहरु आगामी पुस मसान्तसम्म मर्जमा गएमात्र राष्ट्र बैंकले तोकेको छुट पाउने भएका छन्। 


प्रकाशित: Jul 22, 2022| 17:02 शुक्रबार, साउन ६, २०७९
प्रतिक्रिया दिनुहोस्