शनिबार, असोज १०, २०८३

सेयर कर्जामा ४ करोडको सीमा हट्यो

नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा लगाएको प्रतिव्यक्ति प्रतिबैंक ४ करोडको सीमामा संशोधन गरेको छ। तर, कुल १२ कोडको सीमा भने यथावते राखेको छ।
 |  शुक्रबार, साउन ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ६, २०७९

काठमाडौं– नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा लगाएको प्रतिव्यक्ति प्रतिबैंक ४ करोडको सीमामा संशोधन गरेको छ। तर, कुल १२ कोडको सीमा भने यथावते राखेको छ।

गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा जोखिम न्यूनीकरण गर्दै साना लगानीकर्ताहरुको पहुँच अभिवृद्धि गर्ने अभिप्रायले भन्दै उक्त सीमा लगाएको थियो।

उक्त कर्जा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड लिने व्यवस्था हटाउँदै अब प्रतिव्यक्ति १२ करोडको सीमा राख्दै एक बैंकबाट नै उक्त सीमासम्म कर्जा लिनसक्ने व्यवस्था गरेको छ।

साथै ऋणीले उक्त सीमाभन्दा बढी कर्जा उपभोग गरिरहेको अवस्थामा यस्तो कर्जा तोकिएको सिमाभित्र ल्याउन २०७९ असार मसान्तसममको समय प्रदान भएको थियो 

मर्जर तथा एक्विजिसनमा जाँदा सेयर कारोबार रोक्का राखिने व्यवस्था पनि खारेज गरिएको छ।


प्रकाशित: Jul 22, 2022| 16:43 शुक्रबार, साउन ६, २०७९
प्रतिक्रिया दिनुहोस्