शनिबार, असोज १०, २०८३

निजी क्षेत्रमा जाने कर्जा १२.६ प्रतिशतमा सीमित हुने

नेपाल राष्ट्र बैंकले निजी क्षेत्रमा जाने कर्जा १२.६ प्रतिशतमा सीमित गर्ने भएको छ।
 |  शुक्रबार, साउन ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ६, २०७९

काठमाडौं– नेपाल राष्ट्र बैंकले निजी क्षेत्रमा जाने कर्जा १२.६ प्रतिशतमा सीमित गर्ने भएको छ। कर्जाको आकारमा वृद्धि भए पनि उत्पादनशील क्षेत्रमा प्रवाह नभएको तथा नेपालको बाह्य क्षेत्रमा समस्या भएकोले सो लक्ष्य निर्धारण गरिएको हो। 

त्यस्तै राष्ट्र बैंकले बैंकदर ८.५ प्रतिशत कायम गरेको छ। नीतिगत दर ७ प्रतिशत कायम गरेको छ भने निक्षेपदर ५.५ प्रतिशतमा कायम गरेको पनि राष्ट्र बैंकले जनाएको छ। 

आगामी भदौ १ गतेदेखि लागू हुनेगरी सीआरआर ४ प्रतिशत कायम गरेको छ। त्यस्तै एसएलआर १२ प्रतिशतमा पुर्याउने पनि राष्ट्र बैंकले जनाएको छ।

गभर्नर महाप्रसाद अधिकारीले चालू आवका लागि मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन्।

प्रकाशित: Jul 22, 2022| 16:28 शुक्रबार, साउन ६, २०७९
प्रतिक्रिया दिनुहोस्